आदिवासी जनजाति महासंघले २० औं विश्व आदिवासी दिवसको तयारी पूरा गरेको जनाएको छ । हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । यो दिवस साउन २४ गते परेको छ । संयुक्त राष्ट्र संघले यो वर्ष 'समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर' नारा तय गरेको छ । नेपालमा भने आन्दोलनकै रुपमा दिवस मनाइने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाए ।
'हामी समानताको अभियानमा छौं,' महासंघका अध्यक्ष नगेन्द्र कुमालले भने, 'संविधानसभामा बन्दै गरेको संविधानले सबैले सम्बोधन गर्न सक्नुपर्छ । यही सारलाई लिएर हामी देशभरि विश्व आदिवासी दिवस मनाउँदै छौं । कुनै समुदायको अधिकार खोस्न होइन अधिकार पाउने अभियान हो ।'
महासंघले 'आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीय संविधान' नारासहित साताव्यापी कार्यक्रमको घोषणा गरेको छ । चरणवद्ध कार्यक्रमअनुसार परम्परागत खानपिन महोत्सव, खेल छेलो, तारो हान्ने, फुलटबल, सांस्कृतिक र्याली र झाँकी प्रदर्शन गरिने छ । त्यसैगरी नयाँ संविधानमा पहिचान र संघीयता, राज्य पुनःसंरचना, संघीय समावेशी शिक्षा, आदिवासी जनजाति महिलाहरुको हक अधिकारलगायतका विषयमा विचार गोष्ठीहरू हुनेछन् ।
'विभिन्न कार्यक्रममार्फत नयाँ संविधानमा सबैखाले अधिकार, सवाल तथा मुद्दाहरुलाई मुखरित गर्न महत्वपूर्ण निर्वाह गर्न सबै तह तप्का, निकायले भुमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा छ । त्यसैगरी हरेक जिल्लामा महासंघ समन्वय परिषद, नगर तथा गाउँ समन्वय परिषद् र विदेश च्याप्टरले समेत दिवस मनाउने महासंघले जनाएको छ । महासंघमा सूचिकृत ५९ मध्ये ५६ वटा जातीय संस्थाहरु सदस्य छन् । त्यसैगरी सूचि उन्मुख अन्य संगठनहरुसमेत सक्रिय छन् ।
No comments:
Post a Comment