Friday, August 1, 2014

मोदी आएपछि काठ्माण्डौमा मोवाईल नेटवर्क जाने


-मोदी आएपछि काठमाडौंको मोबाइलनेटवर्क जाने !
० बुलेटप्रुफ गाडीसहित २३‘काला बिराला’ काठमाडौं ओर्लिए !!


 भारतीयप्रधानमन्त्री तथा हिन्दुअतिवादि नरेन्द्रमोदी नेपालमा रहुन्जेल अर्थात आउँदो आइतवार र सोमबार काठमाडौंका विभिन्न ठाउँमा मोबाइलनेटवर्कले राम्रोसँग काम नगर्न सक्छ ।सुरक्षाका कारण भीभीआइपी भ्रमणवरपरको स्थलमा मोबाइलको नेटवर्क डाउनहुनेछ .हुन त सेवाप्रदायक नेपालटेलिकम लगायतका कम्पनीहरुलेयसको आधिकारिक जानकारी आफ्ना ग्राहकलाई दिएका छैनन् ।तर, भारतबाट विहीबारैकाठमाडौं भित्रिएको अत्याधुनिकफ्रिक्वेन्सी कन्ट्रोलरले मोदी भ्रमणवरपरको क्षेत्रमा मोबाइल नेटवर्कस्वतः निश्क्रिय बनाइदिने विज्ञहरुले बताएका छन् ।मोदीको सुरक्षार्थ फ्रिक्वेन्सी जामरगाडी काठमाडौंका आइसकेको छ । विशेषविमानबाट विमएम डब्लुका दुई बुलेटप्रुफकारसँगै ल्याएको फ्रिक्वेन्सी कन्ट्रोल गर्नेजामर जीपले छेउछाऊका सबै मोबाइलनेटवर्कहरु खाइदिने स्रोतले बताएको छ।‘जहाँ-जहाँ मोदी जान्छन्, त्यसको निश्चितकिलोमिटर वरपरको दूरीमा मोबाइल नलाग्ने बनाइदिन्छ’ स्रोतलेभन्यो ‘आतंकवादी र अन्य तत्वलेभीभीआइपीको गतिबिधिबारे कतै सञ्चारसम्पर्क गर्न नपाओस् भनेरयस्तो प्रविधि जडान गरिएको हुन्छ’ ।

●२३‘काला बिराला’ ओर्लिए

बुलेटप्रु फगाडीसहित फ्रिक्वेन्सी जामर गाडी लिएरमोदीको सुरक्षामा खटिने २३जना कमाण्डो पनि काठमाडौं ओर्लिसकेका छन्। उनीहरुलाई भारतमा ब्ल्याक क्याट(काला बिराला) भनिन्छ । ती अत्यन्तै उच्चप्रबिधि र तालिमप्राप्त कमाण्डो हुन् ।मोदीको पहिलो सुरक्षा घेरामा तिनै‘ब्ल्याक क्याट’हरु हुनेछन् l

No comments:

Post a Comment