Saturday, August 2, 2014

सुनकोशी पहिरो संयुक्त विवरण


पहिरोमा ८ जनाको शव फेला, १६ जनाको जिवितै उद्धार, तीन सय बढी बेपत्ता (१२:३० अपडेट) 
भोटेकोशीमाथि पहिरो झर्नेक्रम जारी छ। हालसम्म पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ। १६ जनालाई भने जिवितै उद्धार गरी विभिन्न अस्पताल पठाईएको  छ।प्रहरी र स्थानीयका अनुसार कम्तिमा डेढ सय घर पुरिएको छ भने तीन सय जना हराइरहेका छन्। मृतक कसैको सनाखत नभएको प्रहरीले जनाएको छ।

Landslide at Bhotekoshi-3
Landslide at Bhotekoshi-4
Landslide at Bhotekoshi-5
Landslide at Bhotekoshi-6
Landslide at Bhotekoshi-7

भोटेकोशी माथितिरै फर्किँदै, ३ सय मानिस पहिरोभित्र परेको आशंका (अपडेट ११:००)
भोटेकोशीमाथि पहिरो झर्नेक्रम जारी रहेको छ। 'पहाड नै झरेर खोलामाथि पहाड बनेको छ।अहिले भोटेकोशी माथितिरै बग्न थालेको छ। भोटेकोशी बाह्रविसेतिरै फर्किन थालेको छ।' उनका अनुसार दुई किलोमिटरमाथिदेखि झर्दै आएको पहिरोले थुनिएको पानी तत्काल फुट्ने स्थिति देखिएको छैन। यदि आकस्मिकरुपमा पानी फुट्यो भने बाह्रविसेदेखि बन्देउसम्म राजमार्ग, बस्ती, दुई जलविद्युत आयोजना सखाप हुने निश्चित छ।
Landslide at Bhotekoshi
भोटेकोशी नदीले प्रभावित पार्ने नेपालका सबै ठाउँलाई संकटग्रस्त घोषणा गर्न सिफारिस (अपडेट ९:३०)

गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको आपतकालीन बैठकले भोटेकोशी नदी थुन्ने पहिरोदेखि तलतिर रहेका क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न सरकारलाई सुझाव दिएको छ। आज बिहान बसेको समितिको बैठकले नदी थुनिएको स्थानदेखि तल रहेका नदीसँग जोडिएका नेपाल सीमासम्मकै क्षेत्रलाई संकटग्रस्त घोषणा गर्नुपर्ने निर्णय गरेको गृह प्रवक्ता लक्ष्मीप्रसादले जानकारी दिए।
उनका अनुसार राम्चेको पहिरोले भोटेकोशीलाई थुन्दा ३ किमी लामो, ३० मिटर चौडा र ९० मिटर गहिरो ताल बनिसकेको छ। बैठकले यसलाई जसरी पनि फुटाउने र नियमित बहाब बनाउन प्रयास गर्नेुपर्ने निर्णय गरेको छ। तत्काल प्राकृतिकरुपमा पानीको बहाब हुन सकेन भने त्यसले ठूलो क्षति पुर्‍याउने भन्दै संकटग्रस्त घोषणा गर्न सुझाव दिएको हो। वैठकले भोटेकोशी नदीले छुने सबै जिल्लाका दैवी प्रकोप उद्दार समितिलाई सक्रिय भएर नदीछेउका बस्तीबाट मानिसलाई बाहिर निकाल्न आग्रह गरेको छ।

पहिरोले सिंगै वडा बगायो(अपडेट ६:३०)
सिन्धुपाल्चोकको बाह्रबिसेसँग जोडिएका राम्चे र माङ्का गाविसको ठाउँ-ठाउँबाट आएको पहिरोले अरनिको राजमार्गस्थित ड्याम साइड बजारका एक विद्यालयसहित २६ घर बगाएको छ। पहिरो खसेर भोटेकोशी नदी पूर्ण रुपमा थुनिएको छ।
घटनास्थलबाट डिएसपी भरत बोहोराले दिएको जानकारीअनुसार गाउँलेहरुलाई सुरक्षितस्थानतर्फ जान आग्रह गरिएको छ। अहिलेसम्म मानवीय क्षतिको बारेमा जानकारी आउन नसकेको छैन।

माङ्का गाविसको एउटा वडानै बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर जयश्वर रिमालले जानकारी दिएका छन्। अहिले खोला अरनिको राजमार्गसम्म आइसकेको छ। सेनाको हेलिकप्टर घटनास्थलमा आउँदै गरेको बताएपनि  बाक्लो कुहिरोका कारण आउन नसकेको बताइएको छ।

ढिस्को खसेर भोटेकोशी नदी थुनिएपछि गाउँलेको भागाभाग (अपडेट ६:३०)
 घटनाको जनकारीपछि प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क गराएको छ। प्रहरीको चेतावनीपछि बाह्रबिसे, लामोसाँघु, खाडिचौर, सुकुटेलगायत करिब २० कलोमिटर आसपासका बासिन्दाको भागदौड मच्चिएको छ। ज्यान जोगाउन उनीहरु रुवाबासी गर्दै डाँडाँकाँडा चढिरहेका छन्।
प्रहरीले घटनास्थल जुरेका केही घरसमेत बगेको अनुमान गरेको छ। रातिको समय भएकाले घटनासम्बन्धी विस्तृत विवरण थाहा पाउन नसकेको इन्सेपेक्टर रिमालले बताए। त्यस आसपासका पर्यटकलाई भने सुरक्षित स्थानतर्फ लगिएको उनले बताए।
आवश्यक उद्दारका लागि सुरक्षाकर्मीसमेत जानसक्ने अवस्था नभएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट आएको डीएसपी भरत बोहोराको टोली बीचमै रोकिएको छ।
भोटेकोशी र सुनकोशी नदी मिसिसकेपछि नदी थुनिएको हो। रिमालका अनुसार पानी जमेर करिब एक किलोमिटर माथि अरनीको राजमार्गसम्म आइपुगेको छ। सीमा प्रहरी सुरक्षा कार्यालयका एसपी लक्ष्मणबहादुर सिंहले सुरक्षाकर्मीकै भागदौड मच्चिएको बताए। उनका अनुसार अहिलेसम्म ४० घर बगिसकेको छ। ढिस्को खस्नेक्रम जारी रहेका सानिमा हाइड्रो पावर प्रत्यक्ष जोखिममा परेको छ।
उनका अनुसार आकास्मिक उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारीमा छन्। 'मानवीय क्षतिको जानकारी थाहा छैन। भौतिक सम्पत्ति जोगाउनसक्ने स्थिति पनि छैन,' उनले भने, 'मान्छेलाई भने सुरक्षित स्थानतर्फ भगाइक्षसकेका छौं।'

यो क्षेत्रमा अविरल वर्षा भएको थियो।

No comments:

Post a Comment