Monday, July 7, 2014

प्राचीन र आधुनिक खाम्बुवान-लिम्बुवान प्रश्न र यथार्थ ।-आर के खम्बु

लिम्बुवान–खम्बुवान राष्ट्र निर्माणमा गैर जातिको भूमिका


आर के खम्बु

विषय प्रवेशः
नेपालमा चार नश्लका मानिसहरु बसोबास गर्छन । मंगोल नश्ल मध्येका लिम्बू र खम्बू जाति पनि हुन् । मंगोल नश्लका अन्य जातिहरुमा गुरुङ, मगर, तामाङ, शेर्पा, भोटे, याक्खा, सुनुवार, धिमाल, चेपाङ आदि थुप्रै जातजाति छन् । चार नश्ल मध्येको अर्को प्रमुख नश्ल भनेको आर्य नश्ल हो । खस भनिने बाहुन, क्षेत्री, कामी, दमाई, सार्की र मधेसका मधेसीहरु पनि आर्य नश्लका हुन् । अन्य नश्लमा अष्ट्रो र द्रवीड परिवारका छन् । अष्ट्रो र द्रविड परिवारका भने एकदमै अल्पसंख्यक छन् । यसैगरी भाषाको हिसाबमा पनि चार भाषा परिवारका छन् । ति भोटबर्मेली, भारोपेली, अष्ट्रो र द्रवीड हुन् । मंगोल नश्लकाहरु भोट–बर्मेली भाषा परिवारका हुन् । आर्य नश्लीहरु भारोपेली भाषा परिवारका हुन् । आष्ट्रो र द्रवीड भाषी अति अल्पसंख्यक छ्न् ।लिम्बु र खम्बु जातिलाई आदिवासी जनजाति पनि भनिन्छ । जमीनसँगको पूख्र्यौली सम्बन्धको कारणले उनीहरुलाई आदिवासी भनिएको हो । अर्को हिन्दु धर्म इत्तर भएको कारणले उनीहरुलाई जनजाति भनी परिभाषित गरिएको छ । तर यो परिभाषामा भने धेरैको मतैक्यता छैन । शासक जातिको कोटीभन्दा बाहिर रहेकोले पनि उनीहरुलाई जनजाति भनी परिभाषित गरिएको छ । आप्mनै धर्म, भाषा, संस्कृति, परम्परा रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने जाति समुदायलाई जनजाति भन्ने गरिन्छ । लिम्बू र खम्बू जातिले पछिल्लोपटक मानिआएको धर्म किरात धर्म हो । केहीले लिम्बू र खम्बूलाई किराती भन्ने पनि गरेका छन् । तर आम लिम्बुले किरात भन्नमा गौरव गर्दैनन् । केही खम्बु (राईं) हरुले भने आपूmलाई किराती भन्ने गर्छन् । यताकेही समयदेखि चार किरात लिम्बू, राई, याक्खा र सुनुवारलाई लिने गरिन्छ । यद्धपि किरात नश्ल होइन परिचयको निम्ति अर्कैले दिएको महावंशीय नाम मात्र हो । किरात शब्दले जाति अर्थ बोध गराउँदैन ।लिम्बू र लिम्बुवानविदेशी इतिहासकार कर्क पेट्रीकले करीव दुईसय वर्ष अगाडि आप्mनो पुस्तक “द एकाउण्ट अफ द किङडम अफ नेपाल” मा नेपालको पूर्वी भागमा लिम्बू जनजातिको बसोबास भएको उल्लेख गरेका छन् । नेपाली शब्दकोषहरुले लिम्बू जातिलाई लिम्बुवान क्षेत्रमा बस्ने एक किराती जाति भनेर परिभाषित गरेको र लिम्बुवानलाई दीर्घकालदेखि लिम्बू जातिको स्थाई बसोबास भएको कोशी र मेची अञ्चलको पहाडी क्षेत्र भनी अर्थ लगाएको छ । तर ईतिहासकार एच हड््सनले सन् १८७४ मा पहिलो पटक आफ्नो पुस्तकमा लिम्बु र लिम्बुवानको उच्चारण गरेका छन् । हड्सनको पाण्डुलिपि पुस्तकमा लिम्बूहरुले आपूmलाई याक्थुङवा भन्ने तर खस पर्वतेहरुले लिम्बू भन्ने गरेको लेखेका छन् । केहीले तिनलाई धनुर्धारी जाति भनेका छन् । ई.पू. ६०० तिर आसामतिरबाट आएका शानमकवानवंशी तिन पुरोहित सहित सात धनुर्धारीहरु प्रवेश गरेर खम्बुवान राज्यको फेदाप कब्जा लिई लिम्बुवान राज्य स्थापना गरेको भनेका छन् ।चिनिया भाषामा लिम्बु शब्दको अर्थ धनु बोक्ने भनिन्छ । तिनै धनुर्धारीहरुले खम्बुवान राज्यको पृष्ठभूमिमा लिम्बुवान राज्यको स्थापना गरेको ईतिहास अर्थपूर्ण छ । यसरी ऐतिहासिक तथ्यहरुले लिम्बू र लिम्बुवान राज्यको पृष्ठभूमि तयार भयो ।

सातौं शताब्दीमा राजा मावोरोङले दूधकोशी मेचीबीचको भूभागमा लिम्बुवान राज्य स्थापना गरे । सन् १३७४ मा राजा साइलाईङको समयमा लिम्बुवान राज्यको सीमाना उत्तर तिब्बत, दक्षिण भारतको जलालगढ (जसको अवशेष किल्ला गढ त्यसै ठाउँमा सत्तिसाल झै खडा छ ।) पूर्व मेची नदी र पश्चिम अरुण कोशीसम्म थियो । १८ औं शताब्दीमा लिम्बुवान पूर्व टीष्टा (पश्चिम सिक्किम) उत्तर तिब्बत, दक्षिण भारतको विहार र पश्चिम अरुणसम्म थियो ।सन् १७७४ सम्म लिम्बुवान स्वतन्त्र राष्ट्र थियो । गोर्खाका राजा पृथ्वीनारायण शाहले पटक पटक हमला गर्दा पनि नजिते पछि उनले लिम्बुवानका केही थुमे राजाहरुलाई षडयन्त्रमूलक ढंगले आप्mनो पक्षमा पारे । तर विजयपुरका बुद्धिकर्ण रायले यो सहमति विरुद्ध विद्रोह गरे र उनको हत्या गोर्खाली सेनाबाट गरियो । यसपछि मात्र लिम्बुवानको पतन भयो । गोर्खाली राजा पृथ्वीनारायणले वि.सं. १८३१ साउन २२ गते एकतर्फी इस्तिहार लालमोहर जारी गरी लिम्बुवान नेपालमा विलय भएको घोषणा गरे । इ.स. १८१६ को सुगौली सन्धीपछि पहिलेको लिम्बुवानमा भएको टीष्टा र दक्षिणको सम्पूर्ण भूभाग गुम्यो । जुन जलालगढसम्म पैmलिएको थियो ।खम्बूु र खम्बुवानबृहत नेपाली शब्दकोष (पुनमुद्रित २०६०) ले खम्बू शब्दको अर्थ गुप्त सल्लाह, भित्री मतो भनेर उल्लेख गरेको छ । लिम्बू र लिम्बुवानको वारेमा धेर थोर बोल्ने शब्दकोषले खम्बुवानको शब्दसम्म लेख्ने हिम्मत गरेको छैन ।केही समाजशास्त्रका अध्येयताले खम्बुको अर्थ लगाएका छन् । खाम्बेक भनेको भूमि, खम्बापु भन्नाले त्यही भूमिबाट जन्मिएको मानिस र खम्बापु शब्दको उच्चारण खम्बू भएको उल्लेख गरेका छन् । एकथरीले खाम भनेको चारकिल्ला घेरिएको जमिन र बुँ भनेको त्यसको मालिकको अर्थ लगाएका छन् । खाम र बँु बाटै खम्बू भएको अनुमोदन गरेका छन् । लिम्बू इतिहासकार स्व. इमानसिंह चेम्जोङले खम्बोङवा वा खम्बो (खम्बू) ताङसाङथा वा मुनाफेन वा चिनिया मूलको समिश्रणलाई आज किरात भनिने सवैलाई चिनाउने उल्लेख गरेका छन् । स्व. चेम्जोङले आजको प्रचलित भाषामा किरात भनिनेहरुले राय शब्द लेख्नु अघि खम्वोङवाबाटै चिनिने बताएका छन् ।आजका किरात भनेर परिचित राई, लिम्बू, याम्फु, आठाप्रे, वाहिङ, सुनुवार, याक्खा, दनुवार, जिरेल, सुरेल, हायु, थामी, मेचे, धिमाल, राजवंशी (कोचे), लेप्चा, वालुङ, नेवारी समुदायका ज्यापु आदि नै प्राचिन खम्बु जातिका हुन वा खाम्वोङवा हुन् भन्नेमा धेरैको मतैक्यता पाइन्छ । र, यिनै खम्बू जातिको ऐतिहासिक थलो नेै खम्बुवान हो । तर ईतिहासको कालखण्डमा खम्बूवंश भित्रैबाट अलग पहिचान बनाउदै लिम्बू जातिको उदय भयो । र, लिम्बुवान राज्यको स्थापना भएको तर्क संगत प्रमाण हो । यसरी खम्वोङवोबाट एउटा हाँगो खम्बू र अर्को लिम्बू भयो । खम्बुवान र लिम्बुवान राज्यको स्थापनालाई यस कुराको पुष्टि गरिदिएको छ ।
खम्बुवान राज्य स्थापनाको लामो इतिहास छ । प्राचीन खम्बुवान भनको ठूलो साम्राज्य हो । खम्बु र खम्बुवान सम्बन्धी स्रोतहरुले हेच्छाकुपालाई खम्बू जातिको प्रथम राजा खम्बुहाङ मानेको छ । खम्बुवान राज्यको प्रारुप हेर्न पुरै एसियाको ऐतिहासिक अध्ययनमा पु¥याउँछ । जुन कुरा यहाँ वर्णन गर्न सम्भव छैन । अहिलेको प्रचलित मान्यताको खम्बुवान त निकै सञ्कुचित मानिएको छ । ईसापूर्व ३०६१ तिर यलम्बरले यलाखोम (काठमाण्डौ) मा स्थापना गरेको केन्द्रीय सत्ता नै खम्बुवान राज्यको सुदृढ सत्ता आधुनिक इतिहासले विश्लेषण गरेको छ । र किरात शासन कालको रुपमा इतिहासमा दर्ज छ । यद्धपि यस अघि पनि खम्बू राजा र खम्बुवानको अस्तित्व थियो । यलम्बरले आधुनिक तरिकाले निरन्तरता दिएको मान्नेहरु पनि छन् । यलम्बरको विजय अभियान हुँदै जाँदा थानकोटमा राजधानी सारी गोकर्ण वानेश्वर, शंखमुल र ललितपुरमा प्रशासनिक इकाई राखेको इतिहासकारको मत छ । उनले चलाएको यलेदोङ÷यलेतेम्बे सम्बत् चलाएबाट धेरै कुरा नजिकमा आउँछ । यलखोमबाट खम्बू सम्राट यलम्बर र उनका वंशज ३२ जना राजाहरुले ३१७१ वर्ष खम्बुवानको सत्ता सञ्चालन गरेको आधुनिक इतिहासले बताउँछ । येले सम्बतको हिसाबबाट पनि यो कुरा पुष्टि हुन्छ । विदेशी इतिहासकार हड्सनले प्राचीन खम्बुवानले गंगा नदीदेखि आसामसम्म पैmलिएको बताएका छन् ।यलोखोमका अन्तिम खम्बू राजा योग्नेहाङ लिच्छवीबाट पराजित भएपछि उनले वनेपामा राजधानी सारे । योग्नेहाङका कान्छा छोरा खाम्सोहाङले लिच्छवी माथि आक्रमण गरी यलखोम प्राप्त गर्ने योजना दाजु लेलिमहाङ समक्ष राख्दा उनले मानेनन् र आप्mनो दलबल लिएर पूर्वतिर लागे । उनले तमोर नदीको सुसुवादेनमा किल्ला खडा गरेर शासन चलाउन शुरु गरे । लेलिमहाङको यहि राज्यलाई लिम्बुवान नाम दिएको मानिन्छ । तिनै लेलिमहाङ बंशीहरु र अनुयायीहरु लिम्बू भएको स्वीकारोक्ति विद्धानहरुको छ । अर्को तथ्य माथि पनि आइसकेको छ, त्यो हो इ.पू. ६०० वर्ष शानमकवानवंशी तिन पुरोहति सहित दश धनुर्धारीले खम्बुवान राज्यको ‘फेदाप’ कब्जा गरी लिम्बुवान राज्यको निर्माण गरेको मत छ । त्यतिबेला यलखोमलाई केन्द्र मानी आठ खम्बू सामन्तहरुको संघीय राज्य थियो । आठ खम्बू राजाहरुलाई धनुको सहयोगले पराजितगरी राज्य स्थापना गरेकोले आप्mनो पहिचान लिम्बू र राज्यलाई लिम्बुवान नाम दिइयो । जे होस्, खम्बू र खम्बुवानको पृष्ठभूमिमै लिम्बू र लिम्बुवानको जन्म भएको चै सत्यको नजिक देखिन्छ ।आधुनिक खम्बुवानलिच्छवीहरुले यलखोमलाई टुक्रयाएपछि उपत्यकादेखि पूर्वलाई खम्बुवान भन्न थालियो । पृथ्वीनारायण शाहको राज्य विस्तार अघिसम्म यलखोमलाई नेपाल भनिदैनथ्यो । मकवानपुर विजयपुर सेन राज्य अन्तर्गत स्वतन्त्र लिम्बुवान र खम्बुवान राज्य संघीय रुपमा कामयमै थियो । विशाल खम्बुवान वा प्राचीन खम्बुवानको बारेमा माथि नै चर्चा भइसकेको छ । तर आधुनिक वा पछिल्लो खम्बुवान यलखोमका अन्तिम राजा खाम्सोहाङले स्थापित गरेको खम्बुवान राज्यलाई मान्नु नै बढी वैज्ञानिक हुन्छ । दूधकोशी पूर्व अरुण पश्चिम स्थापित खम्बुवान राज्य नै पछिल्लो कडी हो । यहि कडिलाई जोड्यो भनेमात्र लिम्बू खम्बूको पहिचान र लिम्बुवान खम्बुवान राष्ट्र निर्माणको आधारशीला तयार हुन्छ ।

 गैर जातिको भूमिका
यसरी लिम्बु र खम्बु दुबै बेग्लाबेग्लै राष्ट्रका रुपमा समाज विकासक्रममा आएका छन् । अझ पहिल्लो इतिहास हेर्ने हो भने लिम्बुवान खम्बुवान राष्ट्र निर्माणको छुटेको कडी जोड्नु हो । समयक्रममा व्यापक बसाईँ सराईँ र पृथ्वीनारायण शाहको राज्य विस्तारपछि लिम्बुवान र खम्बुवानमा गैर लिम्बू र गैर खम्बूको व्यापक प्रवेश भएको छ । लिम्बुवान र खम्बुवान राज्यको पतनपछि ति जाति माथि शोषक शासक जातिको उत्पीडनले उनीहरुमाथि घोर अन्याय भएको छ । तत्कालीन र अहिलेसम्म निरत्तरता पाएको एक जातीय, एक भाषिक, एक धार्मिक तथा एकात्मक राज्य व्यवस्थाले बहु जातीय, बुह भाषिक, बहु धार्मिक विशेषतालाई नष्ट ग¥यो । यसैको क्षतिपूर्ति लिम्बू र खम्बू राष्ट्र निर्माणको आधार हो । यस्तो राष्ट्र निर्माण गर्नु पहिलो पहल लिम्बू खम्बूले गनुृ पर्छ भने त्यसमा सहयोग सहभागिता गैर जातिको पनि उत्तिकै आवश्यकता छ । किनभने लिम्बुवान खम्बुवानमा बस्ने गैर लिम्बू खम्बू पनि त्यहीका नागरिक हुन् । शरणार्थी होइनन्, र आप्रावासी पनि । राज्यको नालायकीको कारण जीवनयापनको खोजीमा कोही लिम्बुवानमा कोही खम्बुवानमा धेरै कालखण्डदेखि बस्दै आए । लिम्बुवान खम्बुवान नै उनीहरुको मातृभुमि भइसक्यो । यहाँ यतिमात्र भन्न खोजिएको हो सबैलाई समान नागरिक अधिकार हुनुपर्छ । खस क्षेत्री बाहुनलाई दिदै आएको विशेषाधिकार (जातीय, भाषिक, धार्मिक÷ साँस्कृतिक र राज्यका अन्य अंगमा) मात्र कटौती गर्ने हो, नागरिक अधिकार खोस्ने होइन । अर्को खस (क्षेत्री, बाहुन) ले उपयोग गर्दै आएको विशेषाधिकार पनि केही कुलीन वर्गले मात्र उपभोग गर्दै आएको छ । आम खसहरु त वर्गीय वा आर्थिक उत्पीडनको चपेटामै छन् । ति कथित कुलीन वर्गको स्वार्थ सर्वहारा, मध्यम वर्गीय खसहरुले रक्षा गर्नु हुँदैन । यसले आम जनसमुदायलाई अझ उत्पीडनमा पार्छ । आप्mनै खस बन्धु कामी, दमाई, सार्की, चुरौटे, गाइने आदिलाई घाटमा पु¥याउने सामाजिक, राजनैतिक व्यवस्थाको अन्त्य गर्ने र हरेकलाई राजनैतिक अधिकार प्राप्त हुन सक्ने संघीय राज्य लिम्बुवान खम्बुवान निर्माण गर्नु पर्छ । अबको शताब्दीको नयाँ नेपाल पनि त्यही हो ।लिम्बुवान राज्य निर्माणको कुरा गर्ने हो भने प्रस्तावित लिम्बुवानमा लिम्बू जाति ताप्लेजुङ, पाँचथर, तेह्रथुममा क्रमसः ४१.७४, ४०.३२ र ३५.८ प्रतिशतमा छन् । समग्र लिम्बुवानमा लिम्बू जातिको जनसंख्या करिव २५ प्रतिशत मात्र हुन्छ । करिव ७५ प्रतिशत जनसमुदाय गैर लिम्बु छन् । यस्तो परिदृश्यमा अन्य जातिको सहयोग, समर्थन विना लिम्बुवान राष्ट्र निर्माण असम्भव लाग्छ । यस्तै दृश्य प्रस्तावित खम्बुवान राज्यको पनि छ । खम्बूहरु भोजपुर, सोलुखुम्बु, खोटाङ, इलाम, धनकुटा र संखुवासभामा क्रमसः ३४.१०, ३१.४८, ३८.७३, २४.३६, २२.९८ र २२.४३ प्रतिशत मात्र अरु जाति भन्दा बढी देखिन्छन् । पुरै खम्बुवानमा पनि गैर खम्बूको खम्बुवान राष्ट्र निर्माणमा प्रमुख भुमिका आवश्यक छ ।प्रस्तावित लिम्बुवानमा देखाइएको जातिगत स्थितिले पनि लिम्बुवान राष्ट्र निर्माणमा गैर लिम्बु आदिवासी, दलितको सहभागिता भयो भने त्यसले काम फत्ते गर्न आइतबार नलगाउने स्थिति छ । यस्तै परिदृश्य खम्बुवानमा पनि हुनसक्छ ।

लिम्बुवान खम्बुवान राष्ट्रनिर्माण गर्न अभियान लिएर हिडेका मोर्चाहरुले त्यस क्षेत्रमा बसोबास गर्दै आएका गैर लिम्बू, गैर खम्बू आदिवासी जनजाति, उपेक्षित उत्पीडित समुदायसँग एकाकार भएर अगाडि बढ्ने हो भने त्यस्तो राष्ट्र निर्माण गर्न बेर लाग्ने छैन । खसहरुको पनि सहभागिता हुने हो भने त्यसमा अझ सुगन्ध थपिने छ । अतः लिम्बुवान खम्बुवान राष्ट्र निर्माण गर्न गैर जातिको भूमिका यहिनेर आएर महत्वपूर्ण भएको हो ।ुसमस्याको निकासःतर बुभ्mनु पर्ने कुुरा के हो भने जनुसुकै जाति विरादरीका हुन्, कुलीन वर्गका छन् भने तिनले यस्तो जातीय राज्यको विरोध गर्ने छन् । सामन्तवादी सोच र प्रवृत्ति भएकाहरुले संघीय स्वरुपको लिम्बुवान खम्बुवानको पक्षपोषण गर्दैनन् । आप्mनो हराएको शासनसत्ता पुनः प्राप्त गर्ने हेतुले लिम्वुवान खम्बुवानको समर्थन गर्दै सामन्तवादी एक जातिवादी राज्य स्थापना गरी हिजोको रुप र चरित्रकै लिम्बुवान खम्बुवान खडा गर्ने अभिष्टमा लाग्दछन् । यस्तो भयो भने लिम्बुृवान खम्बुवानले अर्को दूर्गति भोग्नु पर्छ । हिजो किपट राज्यले मास्न खोज्दा सामन्त तथा कुलीनवर्गका लिम्बुहरुले शाहीसत्तालाई सहयोग गरेको कुरा यहाँ बिर्सनु हुन्न । त्यस्तै कुलीन खसहरु, कुलीन आदिवासी जनजातिहरु पनि यस्तो राज्य संरचनाको विरोधमा जानेछन् । तिनले केन्द्रीय कुलीन सत्तासँग मिलेर यस्तो संरचना निर्माण गर्न बाधा पु¥याउने छन् । सामन्तवादी एक जातीय अहंकारवादको गन्ध आउने लिम्बुवान खम्बुवानको निर्माणको पछि कोही पनि लाग्दैन । यसर्थ लिम्बुवान खम्बुवान कथित सामन्तवादी रुप प्रकृतिको हुनुहुन्न ।
आधुनिक लिम्बुवान खम्बुवानको पहिलो शर्त आदिवासी लिम्बू खम्बूको मुक्ति हो र आम लिम्बुवान खम्बुवानबासीको मुक्तिसँग गाँसिएको दोस्रो शर्त हो । सामन्त तथा कुलीन लिम्बू र खम्बूको मुक्ति र छोटे राजा बनाउने लिम्बुवान खम्बुवानको विषयलाई चिर्दै निषेध गर्दै लैजानुपर्छ । यस्तो गर्न जातीय र वर्गीय संघर्ष एवम् दुबेै अन्तर्विरोधको हल गरे मात्र सम्भव छ । आजको लिम्बुवान खम्बुवान वा नयाँ लिम्बुवान खम्बुवान पूँजीवादी ढंगको हुनुपर्छ नकि सामन्तवादी । लोकतान्त्रिक अन्तरवस्तु भएको संघीय लिम्बुवान खम्बुवान मात्रै २१ औं शताब्दीको नयाँ नेपाल हुनेछ ।

प्रस्तान विन्दुः
लिम्बुवान खम्बुवान राष्ट्र निर्माण गर्न गणतन्त्र प्रस्थान बिन्दू बनाउनु पर्छ । गणतन्त्रको प्रस्थान बिन्दू बनाइएन भने त्यहाँ पुग्न सकिन्न । सामान्तवादी, एक जातिवादी एकात्मक शाहीसत्ताको अन्त्य विना अगाडि जाने गोरेटोसम्म पाइन्न । हिजोका जातीय गण (संघ) राज्यलाई तहसनहस गरी बलपूर्वक एक जातिवादी राज्य खडा गर्ने पृथ्वीनारायण शाह र उनका सन्तान राजा ज्ञानेन्द्रलाई अझै सत्ताच्युत गरिसकेको छैन । तिनै शहीसत्ताले जातीय राज्य नष्ट ग¥यो तिनैले देलान् भन्नु महाभूल र आत्माघाती हुनेछ । अत राजतन्त्रको अन्त्य र गणराज्यको स्थापना एकै मेलोमा गर्नुपर्छ । फेरी राजतन्त्रको अन्त्यगरी मुसर्रफतन्त्र ल्याएर गरौला भन्ने सोच पनि उधारो हुनेछ । उधारोमा राजनैतिक कारोवार गर्नु हुन्न । राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशाःसबैभन्दा पहिलो राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशा तय गर्नु पर्छ । अझैसम्म लिम्बुवान खम्बुवान राष्ट्र निमार्ण गर्न स्थापित मोर्चाहरुले ठोस रुपमा राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशा तय गरिसकेका छैनन् । नेपालको विशिष्टतामा राष्ट्रिय मुक्ति आन्दोलनको कार्यदिशा तय गर्दा सबै जातीय मोर्चाको रणनैतिक लक्ष र कार्यनैतिक कार्यक्रम तथा संगठनात्मक ढाँचा तय गर्नु उचित होला । त्यसै ढाँचा अन्तर्गत गैर जातिको जातीय परिषद बनाएर जातीय राष्ट्रमा गैर जातिको सहभागिता सुनिश्चित गरिनु पर्छ । तवमात्र उनीहरुको भूमिका सहभागितामूलक हुनसक्छ । यस दिशातर्फ केही मोर्चाहरुले पहल गरेतापनि त्यसले सार्थकता भने पाइसकेको छैन ।लिम्बुवान खुम्बुवान र राजनैतिक दल लिम्बुवान खम्बुवान राष्ट्र निर्माणमा कुनैपनि राजनैतिक दल सकारात्मक छैनन् । वि.सं २०५८ सालको असोज अगाडिसम्म नेकपा (माओवादी) ले लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा बनाएर लिम्बुवानको सवाल उठाएको थियो । तर पहिलो वार्ताकालकै समयमा संखुवासभा आँखीभुई (२०५८ असोज २७–२८) सम्मेलन गरी किरात प्रदेशको अवधारण अगाडि सा¥यो र लिम्बुवान–खम्बुवानलाई तुहाई दियो । अन्य राजनैतिक दल जातीय राष्ट्र निर्माण गर्ने पक्षमा विल्कुलै छैनन् । नेकपा (एमाले) का नेता शंकर पोख्ररेलको अवधारणलाई मान्ने हो भने एमाले जातीय राष्ट्र निर्माणको पक्षमा छदैछैन भने हुन्छ । उनले लिम्बुवान, खुम्बुवानको वकालत गर्न चाहेका छैनन् । उनले लिम्बुवान, खुम्बुवानलाई तमोर प्रदेश, कोशी प्रदेश, विराट प्रदेश, सुनकोशी प्रदेश बनाउने जिकिर गरेका छन । नेपाली कांग्रेस त जातै जम्दार उसले गणतन्त्रलाई बेबी किङमा पतन गराउन खोजीरहेको छ भने जातीय गणराज्य देला भन्नु घिरौलाको लहेरोेमा अंगुर फल्ला भनेर रुङनु सरह हुनेछ । साढेको पछि लाग्नु बराबर हुन्छ ।
अन्य दलहरु पनि प्रष्ट छैनन् ।संविधानसभा र लिम्बुवान खम्बुवान–आगामी मंसीर 4 गते हुने भनिएको संविधानसभाले जातीय गणराज्य स्थापित गर्ला भन्नु हाँस्यास्पद हुनेछ । यो ‘कर्मकाण्डी’ सविधानसभा मात्र हो । राजतन्त्रको अन्त्य त गर्न सक्ला नसक्ला गणराज्यको कुरा त आकाशको फल नै भयो । संविधानसभाको निर्वाचन प्रकृया दलीय आधारको तथाकथित दलीय समानुपातिक छ । दलहरु नै लिम्बुवान खम्बुवान राष्ट्र निर्माणमा सकारात्मक नभएको बेला तिनले जितेर गए भने लिम्बुवान खम्बुवान बनाउलान् भन्नु मृगतृष्णा हुनेछ । यसर्थ संविधानसभा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक र अल्पसंख्यकका निम्ति विशेषाधिकारद्धारा सहभागी गराईदा मात्र संघीय संरचना जातीय÷भाषिक आधारको बन्न सक्ने सम्भावना बढेर जान्छ । अतः राष्ट्रिय मोर्चाहरुले संविधानसभाको निर्वाचन प्रकृयालाई बदल्न अभियान गर्नु पर्छ ।

रहल–पहल
सात राजनैतिक दल माओवादीवीच 2070 साल मंसीर 4 गते सम्पन्न ऐतिहासिक १२ वुँदे समझ्दारीको प्रस्तावनामा पनि पुरानो राज्यको परिभाषा गर्दै पुनर्सरचना विषयलाई प्राथमिकता दिएको थियो । वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय आधारमा राज्यको पुनर्सरचना गर्ने विषय केन्द्रित थियो । यी आधारका विश्वासमा परिवर्तनको आकांक्षा सहित दोस्रो जनआन्दोलनमा अभूतपूर्वरुपमा जनता सहभागि भएका थिए । यसर्थ यो जनान्दोलनको आदेश पनि हो । जातीय आधार दोस्रो जनआन्दोलनको भावना हो । राज्य रचना गर्ने अरु आधार सरह एक प्रमुख आधार हो ।अन्तरिम संविधान २०६३ भाग १ खण्ड ३ ले राष्ट्रको परिभाषा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भनी परिभाषित गरेको छ । राष्ट्रको परिभाषा राज्यको रुप आकार अनुरुप हुनुपर्छ । तर राजनैतिक दलका निम्ति राष्ट्रको परिभाषा हात्तिको देखाउने दाँत जस्तो छ । २०४७ सालको संविधानमा पनि राष्ट्रको परिभाषा यस्तै लगाइएको थियो । तर राज्य त्यो अनुरुप भएन । त्यसैकारण त्यो संविधान फेल भयो । अहिलो पनि त्यस्तै निरन्तरता दिने कोशीस गरिएको छ जसको अन्त्यपनि त्यस्तै हुनेछ ।

अतः अब राष्ट्रको निर्माण र परिभाषा जनता आफैले गर्नुपर्छ ।नेपाली राष्ट्रियता र राष्ट्रको निर्माण भएकै छैन । वैज्ञानिक ढंगले राष्ट्रको परिभाषा भएकै छैन । वर्गीय पक्षधरता वकालत गरेर मात्र राष्ट्रको आधारभुत अन्तरविरोध हल हुन्न । जातीय पक्षघरताले मात्र पनि राष्ट्र निर्माण संभव छैन । समाज विकासको नियम अनुसार दुवै अन्तर विरोधको हल राष्ट्र निर्माणमा खोज्नु पर्छ । माक्र्सवादी विज्ञानले पनि यो तथ्यलाई स्वीकादै कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्रमा लेखेको छ–‘जुन अनुपातमा एक ब्यक्तिद्धारा अर्को ब्यक्ति माथि हुने शोषणको अन्त्य हुनेछ, त्यसैगरी एक जाति (राष्ट्र) द्धारा अर्को जाति (राष्ट्र) माथिको शोषणको पनि अन्त्य हुनेछ । त्यसैगरी जुन अनुपातमा एक जाति अन्तर्गत रहेका वर्गहरुबीचको प्रतिद्धन्दिता हट्नेछ । त्यसैगरी एक जाति (राष्ट्र) को अर्को जाति (राष्ट्र) विरुद्धको शत्रुता पनि अन्त्य हुनेछ ।’ –(माक्र्स–एंगेल्स, कम्युनिष्ट घोषणा–पत्र) यसकारण अबको राष्ट्र निर्माण यही आधारमा हुनुपर्छ । दुवै अन्तरविरोधको हल गर्न लिम्बुवान खम्बुवानमा पनि यही सूत्र लागु गर्नुपर्छ । नयाँ नेपाल बनाउँदा यहाँ थुप्रै राष्ट्रको एकीकरण आवश्यक छ । त्यस्ता राष्ट्र निर्माण गर्दा आत्मनिर्णयको अधिकारको सिद्धान्त (नीति) तथा स्वायत्तताको योजना तथा कार्यक्रम अर्को सूत्र हो । यो सूत्र बेगर बनेका संघीय राज्यको कुनै अर्थ हुन्न । प्रदेश, राज्य, संघीयता रुप पक्ष मात्र हो । सार तः आत्मनिर्णय अधिकार र स्वायत्तता हो । संघीयता बाहिरी डिजाइन हो । जग आत्मनिर्णय र स्वायत्तता नै हो ।

No comments:

Post a Comment