Sunday, July 6, 2014

असार १६/१७ मा कस्ले के भन्यो लिम्बुवान एकताबारे ?

लोकेन्द्र सुब्बा
अहिले पछिल्लो समयमा लिम्बुवान स्थापनाको राजनीतिलाई बलियो बनाउन लिम्बुवान राजनीतिसँग संवन्धित संगठनहरु एक पार्टी निर्माणको लागि लगातार औपचारिक -अनौपचारिक छलफलमा छन् । बिशेष संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्द संघीय लिम्बुवान राज्य परिषद -अध्यक्ष कुमार लिङ्गदेन,लिम्बुवान मुक्ति मोर्चा -अध्य्क्ष बिर नेम्वाङ,संघीय लिम्बुवान राज्य परिषद -अध्यक्ष सनजुहाङ्ग पालुङ्ग्वा,पल्लो किरात लिम्बुवान राष्ट्रिय मंच -अध्य्क्ष चन्द्र प्रसाद योङ्गया,लिम्बुवान मुक्ति मोर्चा, नेपाल -अध्यक्ष रामभक्त कुरुम्बाङ्ग । यि दलहरु पार्टी एकताको छलफलमा छन् ।

 यस पार्टी एकता बहस छलफललाइ सहज र सरल बनाउन केहि समय अघि काठमाडौंमा लिम्बुवान बुद्दिजिविहरुबाट डा. चन्द्र कुमार शेर्मा को संयोजकत्व मा पाँच जनाको सवाद समिति बनाइएको छ ।सवाद समितिहरुमा संयोजक – डा. चद्र कुमार शेर्मा र सदस्यहरुमा गोविन्द आङ्गबुङ्ग, राम मादेन, आरजु सुब्बा, कमला आङ्गदेम्बे छन् । यस समितिको सहजकार्यमा सबै पार्टीको दोस्रो पुस्ताको नेताहरु बीच केहि हप्ता अघि काठमाडौंमा एक चरण वार्ता सम्पन्न भैसकेको छ । त्यहाँ पार्टी एकताको सहमति खाकाको रुपमा ९ बुँदे सहमति खाका तयार भएको जानकारी छ  । तर अहिलेसम्म पनि उक्त ९ बुँदे खाका सार्वजनिक भने भएको छैन ।  त्यहि ९ बुँदे खाकालाइ अध्यक्ष स्तरमा छलफल गराउने भनी संवाद समिति र पार्टीको प्रतिनिधि बीच सहमति भएको थियो । उक्त सहमतिलाई कार्यान्वयन गर्न संवाद समितिले गत असार १५\१६ गते दमकमा अनौपचारिक छलफल सम्पन्न गरायो ।

त्यस अनौपचारिक छलफलमा निम्न बिचारहरु पार्टीका अध्यक्षहरुबाट प्रस्तुत भएका छन् । के रह्यो, के भयो त असार १५\१६ गतेको अध्य्क्ष स्तर अनौपचारिक वार्ता भित्र ?

अध्यक्ष स्तरको पार्टी एकता अनौपचारिक वार्ता चलिरहँदा, लिम्बुवान मुक्ति मोर्चा, नेपालका अध्यक्ष रामभक्त कुरुम्बाङ्गले आफ्नो बुझाइलाइ येसरी राख्नु भो “जसरि पनि एकता हुनुपर्छ, एकता हुँदा जुनसुकै नाम र झण्डा पनि स्विकार्ने,एकता हुँदा मन्च संवद्द सलिराप बाहेक एकता गर्ने हो भने त्यसको कुनै अर्थ छैन, र मेरो पार्टी एकता गरिरहँदा तुरुन्त टुक्रने सम्भावना छ ” । उहाँबाट मनतब्य राख्ने क्रममा उहाँको पार्टी महासचिव पदम अधिकारी र धेरै केन्द्रिय सदस्य एकताको बिरोधमा रहेको जानकारी उहाँबाट नै प्राप्त भो । यस वार्ता बिचमा पदम अधिकारी मंच सम्बद्द परिषदको कार्यालय आइ एकतामा जान नसक्नु को कारण सुनाए – स्वतन्त्र र ग्रेटर लिम्बुवानको मुद्दामा जान सकिँदैन । यदि स्वतन्त्र र ग्रेटर लिम्बुवानको मुद्दामा एकता भए त्यो लिम्बुहरुको एकता हुने र त्यस बाट बिस्तारै गैह्र लिम्बुहरु पछि हट्ने र कुनै दिन लिम्बुहरुको कत्लेआम राज्यले गर्न सक्ने, त्यसैले त्यो बाटोमा आफुहरु जान नचाहेको कुरा बताए । आफ्नो अध्यक्ष जबर्जस्ती लिम्बुहरुको एकतामा लागेकोले, एकता भएकै दिन हामी लिम्बुवान पक्षधर हरु बिजय गच्छेदारको पार्टीमा जान सक्ने । अध्यक्षले त्यसो गर्छ भने हामी पनि यसो गर्छौ भन्नेपदम जिको बिचार थियो ।-

संघीय लिम्बुवान राज्य परिसदका अध्यक्ष संजुहांग पालुङवाले आफ्नो पार्टीको निर्णय र बुझाइलाइ येसरी राख्नु भो “यो मिटिङहरु अनौपचारिक भएकोले औपचारिक मिटिङमा मात्र आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने छु, ग्रेटर र स्वतन्त्रको मुद्दाहरुलाई पनि सँगै अघि बढाउनु पर्छ । राजनीति हो शक्ति पुगे पछि जेपनि हुन्छ “वार्ता बिचमा उहाँको पार्टीको केन्द्रिय सदस्यहरुबिच पार्टी निर्णय बुझ्दा पार्टीले नयाँ नाम नयाँ झण्डामा जाने र कुमार लिङदेनलाइ अध्यक्ष मान्ने आधिकारिक निर्णय गरेको बुझियो । तर म. स.  परिषदका सदस्य हरु बीच केहि भिन्न कुरा (अनौपचारिक) गर्दै संजुहांगले भन्नु भो “म भन्दा जुनियर भएकोले मलाइ कुमार लिङदेनको अध्यक्षता स्विकार्न धेरै गाह्रो पर्छ । बरु अहिलेको हाम्रो स्टाटस कायम रहनेगरि कोमोडालिटी खोजौं । “उहाँको थप स्पष्टता यदि पार्टी एक नै भएपनि त्यो पार्टीले सँगसँगै लिम्बुवान प्राप्ति सम्मको आन्दोलनको कार्यक्रम घोषणा गर्नुपर्ने, तुम्याहांगहरुले खर्चको ब्यबस्था गर्नुपर्ने र त्यो आन्दोलन समितिको अधिकार सम्पन्न संयोजक सन्जुनै हुनुपर्ने । त्यसो भयोभने मात्र एकता सम्भव हुने कुरा राख्नुभयो । तर उहाँले पटक पटक भन्नुभयो ‘त्यो नयाँ पार्टी पहिलो महाधिबेशन सँगै फुटने छ । त्यसपछि यता हाम्रो पार्टी पनि हुँदैन र नयाँ पार्टी पनि फुटीसकेको हुने छ ।

-लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष बिर नेम्बांगले आफ्नो बुझाइ र भनाइ यसरि राख्नु भयो ,”ग्रेटर लिम्बुवान र जनमत संग्रहको बिरोध गर्नु हुँदैन । त्यो सत्य छ र म चाहिँ त्यो नछाडने स्पस्ट पार्छु र पल्लो किरात राष्ट्रिय मन्चलाइ जसरिपनि समेट्नु पर्छ ।” उहाँले भन्नुभयो “यो संबाद समितिले कमल छाराहांग लाइ किन आउट गरेको ? के उ गैह्र लिम्बु भनेर आउट गरेको ? उसलाई आउट गर्ने हो भने हामी यो एकतामा छैनौं ।”उहाँको जिज्ञाशामा संवाद समिति संयोजक ले भने :¶>उहाँको पार्टी अहिले नै राष्ट्रिय पार्टी नै बन्ने लक्ष्य लिएको, लिम्बुवान स्तरीय पार्टी बनाउने लक्ष्य नभएकोले उहाँ यो पक्रिया मा नरहेको, गैह्र लिम्बु भएर होईन । त्यसो त कांग्रेस एमालेमा भएका धेरै लिम्बुहरु पनि यो पक्रियाबाट बाहिर छन् त । यहाँ लिम्बु, गैह्र लिम्बू भएर होइन, पार्टीको संरचनाले गर्दा त्यसो भएको हो । तर यदि कमलजीहरुले लिम्बुवान स्तरीयमा पनि जान सकिने भन्ने निर्णय गर्छन भने भोली नै उहाँहरु यो पक्रियामा आउन सक्छन र ल्याउनु पर्छ

। बिर नेम्बाङ्ग जी ले फेरि भन्नुभयो “त्यसो भए कुमारहरुको संघीय लोकतान्त्रिक रास्ट्रिय मन्चलाइ किन ल्याइँदै छ त ?” त्यसमा संवाद समितिको भनाइ रह्यो ‘कमलजिको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी र कुमारजि अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रियय मन्च को अवधारणा आकाश जमिन फरक छ । कमलजिको पार्टी राष्ट्रिय पार्टी हो भने मन्च भनेको संघीय ढाचाको पार्टी हो । मन्चमा राज्य परिषदहरुलाई पनि पार्टीकै रुपमा विकास गरेर लान सकिने र केन्द्रमा मन्चले संयोजन गर्ने अवधारणा रहेकोले कुमारजिहरुलाइ यो एकता प्रक्रियामा समेटिएको हो ।
 संवाद समितिको तर्कलाइ नकार्दै बिर नेम्बाङ्गजीले भनिरहनुभयो “कमल छाराहंग छुट्नु हुँदैन । तिमीहरुले गैर लिम्बु भनेर उसलाई बाइपास गरेको हो, म मान्दिन ।“

यो नोक झोकमा म।स।परिषद ले भन्यो ‘त्यसो भए यो बहसलाइ निरन्तर अघि बढाउँ न त, बहस बाटै टुंगो लाग्छ । फेरि बिर नेम्बाङ्ग जीले भन्नु भयो ” यसलाई एक महिना रोकौ ।” म।स।परिषद =किन ? बिर “यो एकताले त मेरो पार्टी भित्र त मारामारको स्थिति सृजना भयो । मिटिंग नै हुन् नसक्ने, मिटिंग भयो कि कुटाकुट हुने स्थिति छ । बार्ता समितिका दुइ जना र अरु बिचमा ठूलो फाटो आयो ।” उहाँले उहाँको के स डम्बर नेम्बांग लाइ देखाउँदै भने ‘”डमर तिमि नै भन, तिमि नै मान्छे कुटछु भन्दै छौ ।” डम्बर जी अतिनै पुराना नेता तथा बिर जिको बिश्वास पात्र हुनुहुन्छ । पथरी निवासी उहाँकै घरमा बिरजी बस्नुहुन्छ । बिषय सन्दर्भ मा डम्बर जी भन्नु हुन्छ “हामीले हाम्रा दुइ जना बार्ता टोलि सदस्य दिपक मेन्यान्ग्बो र देउ कुमार नेम्बांगलाइ प्रस्ट भनेको थियौं कि नयाँ पार्टीको नाम लिम्बुवान मुक्ति मोर्चा नै हुनुपर्छ । नयाँ पार्टीमा ६० प्रतिशत गैर लिम्बुहरु केन्द्रिय सदस्य हुनुपर्छ । यो हुनै पर्छ ।त्यसो भयो भने अध्यक्ष मा दाबि नगर्ने ।  तर बार्ता समितिका साथीहरुले हाम्रो कुरा संबाद समितिलाइ पटक्कै भनेनछन् । यहिँनेर हाम्रो ठुलो आपत्ति छ । नयाँ पार्टीको नाम लिम्बुवान मुक्ति मोर्चा नै हुनु पर्छ । ४० वर्षको इतिहासलाइ मेटाउन पाइँदैन । यदि हाम्रो कुरा नसुन्ने हो भने चार जना अध्यक्षहरु मात्र मिल्नोस ।” थप कुरा चलिरहँदा संजुहांग जीले भन्नुभयो “बीर जी तपाइले त्यसरी भनेर हुँदैन । ल कुमार जि त बिर्तामोड मिटिंगमा थिएनन । उहाँलाई बाध्यकारी भएन । तर तपाइँ हामीले त नयाँ नाम, नयाँ झण्डामा जान्छौं भनेको त । तर अहिले तपाइँ भाग्दै हुनुहुन्छ, त्यसरी हुँदैन ।

” बिरजी >“हामीले सोचे जस्तो नहुँदो रहेछ नि त । पार्टी भित्र समस्या आयो नि त के गर्ने ?”
 रामभक्तजी >“त्यो समस्यालाई तपाइले समाधान गर्नुपर्छ, तपाइको कारणले एकताका बार्ता रोकिनु हुँदैन |” बिर जी (अलि झोँक्किएर)” तिमिहरु एक हौ न त । आखिर तिमिहरु सबै जनमुक्तिबाट आएको हो । तिमीहरुको र मेरो अवधारणा, सोचाई आकाश जमिन फरक छ । ” यी बिभिन्न कुराकानी पछि असार २४ गते भित्र आफ्नो पार्टीमा छलफल गरेर नयाँ मिटिङ्ग को मिति तोक्ने छलफल भयो ।-

>म।स।संघीय लिम्बुवान राज्य परिषद का अध्यक्ष कुमार लिङ्गदेनजीले आफ्नो धारणा यस्तो राख्नु भयो ।
 “यहाँ १५ बुँदेकै सहमतिका केहि बुँदाहरु अघि बढाउ । पार्टीको नाम : –संघीय मन्च – संघीय लिम्बुवान राज्य परिषद , दुइ वटा झण्डा यसो गर्दा हाम्रो मन्च सम्बद संघीय लिम्बुवान राज्य परिषद र तपाइँहरुको संघीय लिम्बुवान राज्य परिषद दुबैको मर्म र भावना समेट्छ | यस नाममा हाम्रो पनि नाम छ । तपाइँ हरुको पनि नाम छ । हाम्रो झण्डा पनि छ र तपाइँ हरुको झण्डा पनि छ । त्यसो हुँदा दुवै पार्टीको नेता, कार्यकर्ताहरुलाई सम्झाउन, चित्त बुझाउन सजिलो र तार्किक हुन्छ । पछिल्लो समयमा संघीय मन्च, संघीय लिम्बुवान राज्य परिषदको नामबाटै आन्दोलन अघि बढेकोले यी नामहरुलाई पुरै डिलिट गरेर अघि बढ्दा घातक हुन्छ । हामीलाई त अप्ठ्यारो छ नै तर तपाइँ सन्जुहाँगहरुलाई पनि अप्ठ्यारो हुन्छ । कसरि सोचीरहनु भएको छ है । जहाँसम्म तपाइँहरुलाई लाग्छ होला पहिले जस्तै संघीय मन्च र संघीय लिम्बुवान राज्य परिषद बिच द्वन्द आउँछ होला भन्ने । पहिले द्वन्द आउनुको कारण लिम्बुवानमा नै रहेका नेताहरु दुइटा समितिमा रहेर हो । मन्च र परिषद को समितिहरु समान्तर जस्तो भए । तर अब त्यस्तो हुने छैन । अलिक परिमार्जित रुपले मन्च अघि बढने छ ।  संघीय मन्च लिम्बुवान , संघीय मन्च खम्बुवान, संघीय मन्च थरुहट बनेर अघि बढने छ । यी सबै परिषदहरु मिलेर संघीय मन्च बन्ने छ । तर अहिले संघीय मन्च लिम्बुवानमा ज्युँदो छ भनेर जनाउन र संघीय मन्चसँग सम्बद रहेर लिम्बुवानी आन्दोलनको मुख्य धार बनेर अघि बढेको पार्टीपनि यो एकता प्रक्रियामा सामेल छ भनेर लाखौं कार्यकर्ताहरुलाई बिस्वस्त पार्न संघीय मन्चपनि जोडेर जानु जारुरी छ । ‘संघीय मन्च जोडिनुले धेरै सम्भावनाको ढोका खोल्छ’ लिम्बुवानी जनताहरुलाइ लाग्नेछ ‘यो लिम्बुवान आन्दोलन राष्ट्रिय राजनीतिकै एउटा अभिन्न अंग रहेछ र लिम्बुवानबाट शुरु भएको संघीय मन्चले एकदिन पुरा नेपाल ढाक्ने रहेछ । कम्तिमा जनतालाइ आशाबादी बनायो र एउटा सपनामा लामबद्द त गराउँछ नि !केहीलाई लाग्छ ‘नभएको संघीय मन्चको नाम लिम्बुवानमा किन जोड्नु ? तर राजनीतिलाइ त्यसरी अति प्राविधिक रुपले मात्र हेर्नु हुँदैन । हामीलाई थाहा छ नि अब नेपालमा माक्सबाद, लेलिनबाद, माओबाद र बिपीको समाजबाद कहिल्यै लागू हुने छैन । तर पनि केहि पार्टीहरुले ति शब्दहरु आफ्नो पार्टीको नाममा जोडेर लागेका छन् । किनकि ति शब्दहरु उनीहरुको आदर्श र सपनाहरु हुन । राजनीतिलाइ आदर्श र सपना हरु (दर्शन) सँग जोडेर लानुपर्छ । देश भरिका संघीयबादीहरुलाई जोडेर लाने हाम्रो आदर्श हो । सपना हो । त्यो सपना ज्युँदै छ भनेर देखाउन पनि लिम्बुवानमा संघीय मन्चको नाम जोडेर लानु पर्छ ।

”सम्जुहांगजी:>फेरि पनि मन्च र परिसद बिचमा द्वन्द आउँछ भन्ने डरले हाम्रो साथीहरुले यो कन्सेप्टलाइ असहमत गरेका छन् । तर फेरि पनि छलफल गर्न सकिन्छ । यदि मन्च र परिषद पुरानै अवधारणामा फर्क्यो र दुइ वटा अध्यक्षको पद सृजना हुनसक्ने अवस्था आयो भने त्यसलाई पनि स्वीकार्न सकिने सम्भावना छ ।” तर त्यहि दुइ दुइ जना अध्यक्ष हुँदा बिगतमा समस्या आएको हुँदा त्यसलाई सहजीकरण गर्न खोजिरहेको अवस्था हो । त्यसैले हाललाइ एउटै समिति बनाउनु उपयुक्त हुने बिचार छलफल त्यहाँ भयो ।

कुमार जिको थप प्रस्तावहरुपनि थिए ।
बीर दाइको झण्डा लाइ लिम्बुवानको सांस्कृतिक झण्डाको रुपमा बिकशित गर्ने । दुई वटा झण्डा लिम्बुवानको राजनैतिक झण्डा र बीर दाइको झण्डा लिम्बुवानको सांस्कृतिक  ऐतिहासिक झण्डा हुने । त्यसमा बीर दाइको झण्डामा धनुषको चिन्ह भएको हुँदा त्यो ऐतिहासिक सांस्कृतिक झण्डा भन्दा सारै सुहाउँछपनि । लिम्बुवानको हरेक कार्यक्रममा तिन वटा झण्डा प्रयोग गर्ने । बीर दाइको लिम्बुवान मुक्ति मोर्चाको नाम एकिकृत पार्टीको सबै डकुमेन्ट्सहरुमा, अझ बिधानको प्रस्तावनामा सधै सधै उल्लेख गर्नेगरि सहमति गर्ने । बीर नेम्बांग अध्यक्ष रहेको लिम्बुवान मुक्ति मोर्चा भनेर बिधानको प्रस्तावनामा उल्लेख गरेर उहाँको योगदानलाइ सधैं सधै कदर गर्ने ।त्यहाँ अहिलेलाई कुमार लिङदेन ले पार्टीको नेतृत्व गर्ने, संजुहांग पालुंगवाले भोलिको लिम्बुवानको संसदीयफाटको नेतृत्व गर्ने, बीर नेम्बांगले अन्तरास्ट्रिय लबिंगको नेतृत्व गर्ने, रामभक्त कुरुम्बांगले लिम्बुवान भित्रका समुदायहरुसँगको सम्पर्कको नेतृत्व गर्ने, प्रस्तावित बिषय रहे |

यी चार पार्टी एकिकृत भएर घोषणा गरेको डेढ महिना पछि स्वायत्तता पक्षधर भएमा पल्लो किरातका चन्द्र प्रसाद योंग्यालाइ नेपाल ल्याउने । यदि उहाँ साँच्चिकै स्वायत्त पक्षधर हो भने एकिकृत पार्टीले जस्तोसुकै जोखिम व्यहोरेर भएपनि उहाँलाई लिम्बुवान ल्याउने, अहिलेको संबाद समितिमा अरु पाँच जना थपेर १० तुम्याहांग बनाउने र त्यसले लिम्बुवान आन्दोलन र एकिकृत पार्टीको निरन्तर सुपरिवेक्षण गर्ने, तुम्याहांग टिम र उक्त एकिकृत पार्टीले नङ र मासु जस्तो भएर लिम्बुवानको लागि कार्य गर्ने भन्ने बिषयमाथि अनौपचारिक छलफल भए । यदि यो प्रस्तावमा कुमार जी र संजुहांग जी सहमत हुने भए रामभक्त जी तुरुन्त सहमत हुने छलफल भयो । तीन वटा पार्टी सहमत भए बीर नेम्बांगजीहरुलाई सहमत गराउन धेरै सजिलो र सम्भावना हुने अनौपचारिक कुराकानी भयो ।

 सम्बाद समिति ले अन्त्यमा भने ‘नयाँ शिराबाट मन्चसम्द्ब सलिरापले प्रस्ताबहरु ल्यायो । सबैलाइ सम्मान र सबैलाइ समेटने प्रस्ताब छ ।  कि त यो प्रस्तावभन्दा राम्रो प्रस्ताव आओस । कि त यो प्रस्तावमा केहि थपघट गरेर सहमति भैदिनुस ।

No comments:

Post a Comment