नेयमारले विश्वकप खेल्न नसक्ने
कोलम्बियाविरुद्ध भएको क्वाटरफाइनल खेलमा घाइते भएका ब्राजिलका स्ट्राइकर नेयमरले आगामी विश्वकप खेल नखेल्ने भएका छन् । कोलम्बियाली खेलाडीको घुँडाले उनको पछाडीको कम्मरमा ठोक्किएपछि नेयमार खेल अवधिमै मैदानबाट बाहिरिएका थिए । मैदानबाट बाहिरिए लगत्तै उनलाई फोर्टेलेजास्थित अस्पतालमा लगिएको थियो ।ब्राजिलका टिम चिकित्सक रोड्रिगो लसमरका अनुसार नेयमरको ढाडको तल्लो भागको हड्डीमा असर पुगेको छ । उनले तीन साता आराम गर्नुपर्ने चिकित्सकले बताएका छन् ।क्वाटरफाइनलमा कोलम्बियालाई हराएको ब्राजिलले सेमीफाइनलमा सोमबार जर्मनीको सामना गर्नेछ ।नेयमारलाई कोलम्बियाका जुआन जुनिगाको घुँडाले लागेको हो । मैदानमा लडेका नेयमार पीडाले रुदै छट्पटाएका थिए ।'शल्यक्रिर्या गर्नुपर्ने अवस्था नभए पनि उनी यो विश्वकपको आगामी खेल खेल्न सक्ने छैनन्', लसमरले भनेका छन् ।दुई पहेंलो कार्ड पाएका कारण ब्राजिली कप्तान थिएगो सिल्भा पनि जर्मनीविरुद्धको सेमीफाइनलमा अनुपस्थित रहनेछन् ।

No comments:
Post a Comment