काठमाण्डौ, असार ३१ -संविधानसभाबाट आफ्नो हकअधिकार सुनिश्चित हुने संविधान नबन्ने निष्कर्ष निकाल्दै आदिवासी जनजातिहरुले नागरिक समाजका अगुवा पदमरत्न तुलाधरको नेतृत्वमा संयुक्त आन्दोलन थाल्ने तयारी गरेका छन् ।जातीय मुद्दा उठाउन जनजाति आन्दोलनको कमाण्डर अधिकारकर्मी पद्मरत्न तुलाधरलाई बनाउने तयारी थालिएको छ । ‘जनजाति नेता, पार्टी र बुद्धिजीवीपिच्छे एनजीओमात्रै भयो’संयुक्त आन्दोलनका लागि सक्रिय एक नेताले भने-’सबैलाई स्वीकार्य हुने र समेट्न सक्ने पद्मरत्न दाइ नै भएकाले उहाँकै नेतृत्वमा गोलबन्द हुन लागेका हौं ।’
●पहिलो तयारी सकियो
आन्दोलनको तयारीस्वरुप पहिलो चरणको समूहगत छलफल सकिएको छ भने अब बृहत भेला गरेर मोर्चाबन्दीको घोषणा गर्ने तयारी थालिएको छ ।पहिलो चरणमा एमाओवादी, बैद्य माओवादी, नेपाली कांग्रेस र संघीय समाजवादी पार्टीका जनजाति नेताहरुबाट छलफल थालिएको थियो । पार्टीको महाधिवेशनमा व्यस्त भएका कारण एमालेका जनजाति नेताहरु भने छुटेका थिए ।लगत्तै साना जनजाति पार्टी, आदिवासी जनजाति महासंघ, प्रदेशको नाम बन्न सक्ने जातिहरु नेवार, तामाङ, थारुलगायतका संघ संस्था, स्वतन्त्र बुद्धिजिवी र पुराना जनजाति नेताहरुसँग छलफल भएको बुझिएको छ । सोमबार मात्रै सत्यमोहन जोशी, मञ्जुल याक्थुम्बा, खगेन्द्रजंग गुरुङ, माणिकलाल श्रेष्ठसहितका पुराना जनजाति अगुवाहरुसँग परामर्श भएको छ । ‘समूहगत छलफलपछि अब साझा आन्दोलनमा जानुको विकल्प छैन भन्ने निष्कर्षमा पुगेका छौं’स्रोतले भन्यो ।तिहारपछि आन्दोलन गर्नेएक जनजाति नेताका अनुसार पहिलो चरणमा जनजागरण अभियान चलाइने र दशैं तिहार लगतै आन्दोलन थाल्ने तयारी छ । तर, तुलाधरको नेतृत्वमा बन्ने मोर्चाले यसलाई अन्तिम रुप दिनेछ । ‘संविधानसभाको गतिविधिमा पनि हाम्रो कार्यक्रमको समयभर पर्छ’ एक जनजाति नेताले भनेका छन् ।
●ब्यानर बोक्न मात्र अगुवाइ गर्दिँन
परामर्शको अगुवाइ गरेका तुलाधरले पनि निर्णायक आन्दोलनको नेतृत्व गर्न तयार रहेको बताएका छन् । ‘५/१० मिटरको ब्यानर बोक्ने, धर्ना दिने र फेरि सम्झौता गर्ने हो भने म अगुवाइ गदिर्ँन’ तुलाधरको भनाइ उदृत गर्दै एक नेताले अनलाइनखबरसँग भने-’निर्णायक आन्दोलन गर्ने हो भने म पनि तयार छु ।’बरिष्ठ नेता तुलाधर आन्दोलनको अगुवाइका लागि तयार भएपछि आदिवासी जनजाति आन्दोलन उठानमा सक्रिय पासाङ शेर्पा, खगेन्द्र माखिम, सुरेश आलेमगर, मल्लके सुन्दरसहितका नेताहरु भने हौसिएका छन् ।आन्दोलनको गृहकार्यमा को-को ?जनजाति महासंघका पूर्वअध्यक्ष एवं सामाजिक लोकतान्त्रिक पार्टीका नेता शेर्पाले जनजाति आन्दोलनबारे छलफल सुरु भएको स्वीकार गरे ।
एमाओवादीका वर्षमान पुन, गोपाल किराती, कांग्रेसका इन्द्रमान गुरुङ नविन चित्रकार, वैद्य माओवादीका देव गुरुङ, सुरेश आलेमगर, पवनमान श्रेष्ठ, संघीय समाजवादीका अशोक राई र राजेन्द्र श्रेष्ठले आदिवासी जनजातिको आन्दोलनका लागि गृहकार्य थालेका हुन् ।तुलाधरको नेतृत्वमा मोर्चाबन्दी गर्न लागेका जनजाति नेताहरुले एमाओवादी र मधेसवादीसहितका पहिचानसहितको संघीयता पक्षधरहरुसँग सहकार्य गरेर संयुक्त आन्दोलन चर्काउने रणनीति बनाएको छ । ’प्रचण्डको शब्दमा भन्ने हो भने यो विभिन्न बटालिनयहरुको एउटा बटालियन हो’ एक नेताले भने ।तुलाधर मोर्चाले जातीय मुद्दाहरु उठाउनेछ भने प्रचण्ड नेतृत्वको मोर्चा, साना सात जनजाति पार्टीको मोर्चा लगायतले पनि आ-आफ्नो वर्गीय एजेण्डा पनि साथमा लैजाने छन् । नेताहरुका अनुसार आन्दोलनका क्रममा बृहत संयुक्त मोर्चा समेत बन्नसक्नेछ ।
● प्रचण्डलार्इ एम्बुसमा पर्ने चेतावनी
जनजाति नेताहरुले एमाओवादी अध्यक्ष प्रचण्डलाई संविधानसभामा धेर नअल्मलिन दबाव दिन थालेका छन् । पाँच माओवादीको मोर्चाबन्दी सुरु हुनासाथ विदेशी शक्ति केन्द्रहरु त्यसलाई रोक्न लाजिम्पाट धाउन थालेको भन्दै स्रोतले भन्यो-’प्रचण्डलाई धेरैतिरबाट दबाव आउँछ । अब उहाँले हाम्रो दबाव थेग्नु हुन्छ कि अरुको, हेर्न बाँकी छ ।’जनजाति नेताहरुले दोस्रो संविधानसभामा सहभागी भएर प्रचण्ड पहिलो एम्बुसमा परेको तर्क गर्छन् । ‘अब संविधानसभामा बसिरहने र कांग्रेस एमालेले भनेअनुसार गर्ने हो भने अर्का धरापमा पर्ने खतरा छ’ एक नेताले भने- ‘यो जनजाति आन्दोलनका लागि त घातक हुन्छ नै स्वयंम तपाईकै लागि पनि हानीकारक हुन्छ भनेर हामीले भन्दै आएका छौं ।’
आनलाइनखबर बाट

No comments:
Post a Comment