काठमाडौं, असार ३१ - एमाले अध्यक्षमा डनवाद भनी चिनिने केपी ओली निर्वाचित भएका छन् ।काठमाडौंमा भएको नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई ३९ मतले पराजित गर्दै ओली निर्वाचित भएका हुन् ।
ओलीले १ हजार २ मत पाएका छन् भने नेपालले ९ सय ६३ मत पाएका छन् ।पदाधिकारीमा नेपाल र ओली समूहका बराबर ७-७ जना निर्वाचित भए ।उपाध्यक्षमा ओली समूहका वामदेव गौतम र विद्या भण्डारी तथा नेपाल समूहका युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका छन् ।
गौतमले १ हजार ७७, भण्डारीले १०५७, रावलले १ हजार ८२, ज्ञवालीले १०२६ र शाक्यले १ हजार २६ मत पाए ।महासचिवमा २८ मतले ओली समूहका ईश्वर पोखरेल निर्वाचित भएका छन् । पोखरेलले १ हजार ५१ र नेपाल समूहका सुरेन्द्र पाण्डेले १ हजार २३ मत पाए ।
सचिवमा ओली समूहका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य निर्वाचित भए । ज्ञवालीले १ हजार १ सय ६, गुरुङले ९ सय ९६, विष्टले १ हजार २ सय ७, भट्टराईले १ हजार ३८ र आचार्यले ९ सय ८७ मत पाएका छन् ।

No comments:
Post a Comment