सांस्कृतिक चर्चा
लिम्बू जातिमा प्रचलित “धान नाच”
हेमनाथ पौड्याल
लिम्बू जातिहरुको बसोबास रहेको ठाउँ खासगरी नेपालको पूर्बी भेग ताप्लेजुङ्,तेह्थुम,पाँचथर,संखुवासभा र धनकुट्टामा “धान नाच” प्रचलित छ। धाननाच गीतिनृत्य हो र यसलाई लोकसंस्कृतिका रुपमा लिइन्छ। मानव जातिको सृर्जना संगसगै उनीहरुले आफ्ना कथा र ब्याथालाई अभिब्यक्ति दिने क्रममा लोक संस्कृतको सिर्जना भएको हो। यससंगै लोक मनोरञ्जनको सुरुवात पनि हुँदै आएको पाइन्छ। गाउनु बजाउँनु र नाच्नु जस्ता मानव जातिका मनोरञ्जनात्मक क्रियाकलापले मानव दिल बहलाई सन्तोष र आनन्द प्रदान गर्दछ। बसन्तको हरियालीमा,चैते हुरीमा,जेठको खडेरीमा,दिनभरीको थकाईमा डम्फू,मादल,झ्याली,करताल,खैजडी,मुजुरा,मुचुँङ्गा,च्याब्रुङ र बाँसुरी आदिका धुनले कुलकुलाइरहेका खोलानालाको अविरल धुनमा मितेरी लगाउँदै गाइएका कान्छा कान्छी र साहिला साहिलीका ह्दयफुटेर आएका सुरिला चोखा गीतहरुले मानव जीवनलाई रसिलो बनाएका छन्। यस्तै किसिमको लोकगीत र नृत्यका रुपमा धाननाच पनि प्रचलित छ। परापूर्बकालदेखि लिम्बू समाजमा प्रचलित हुँदै आएको धाननाचलाई लिम्बूहरु आफ्ना भाषामा यालाङ्मा भन्दछन्। यालाङ्को अर्थ धान वा परालबाट उब्जेको भन्ने हुँदा यही आधारमा अरु भाषीहरुले यसलाई धाननाच भनेका हुन। कसैले याराक्मा लिम्बू भाषामा या धान राक्मा कुल्चिनु भन्ने अर्थबाट धाननाच भएको पनि मानेका छन्। जे भए पनि प्राचीनकालदेखि नै जातीय नृत्यको रुपमा परिचित धाननाच लोकनृत्य पनि हो र यसका साथमा गाइने “पालाम” मा लोकगीत पनि भएकोले धाननाच गीतिनृत्य पनि हो। धाननाचबारे मैराजा र मैरानी जस्ता अनेक कथाहरु प्रचलित छन्।
तेह्थुमतिर प्रचलित कथाअनुसार भने प्राचिन समयमा जोतेर राम्रा फाँटिला गहरा बनाई खेती गरिन्थ्यो। लिम्बू जातिका मानिसहरु तरुल,भ्याकुर,गिठ्ठा र भिरका माहुरी बारुलो आदिका मह खाने गर्दथे। खेतीको रुपमा कागुनो,जुनेलो र थोरै धान खेती गर्दथे। मंसीरमा धान पाकेपछि ठूलो खलामा जम्मा गरिन्थ्यो। त्यसबेला गोरुले दाइ गर्ने चलन थिएन। प्रायजस्तो पूर्णिमाको रातपारेर जूनको उज्यालोमा गाउँघरका तरुनी तन्नेरीहरु भेला भएर लहरै हात समातेर धान माड्थे। अनि समय बिताउन गीतहरु गाउँदै नाच्थे। यसरी एकातिर रमाइलो र अर्कातिर धान पनि माड्ने काम हुन्थ्यो। यही परम्परा बिकसित हुँदैआएर लोकसंस्कृतिको अभिन्न अंग बन्न् पुगेको पाइन्छ धाननाच। धाननाच मित्रता,स्नेह र सामुहिकताको प्रतीक हो। एकान्तमा एक जोडीले सामूहिक नृत्य भएकोले लिम्बूहरु यस नाचलाई पवित्र तथा परम्परागत धार्मिक नृत्यको रुपमा आदर गर्दछन् र यसको महता देखाउँछन्। सामूहिक र खुला भएको हुँदा यहाँ बिकृति र ब्यभिचार हुँदैन भनिन्छ। नाच्दा नाच्दै केटाकेटी कसैको पनि झुक्यानमा लात लागे त्यो समूहबाट बाहिर आउनु पर्छ र लात लाग्नेको घुँडासम्म हात लगेर माफी माग्नु पर्दछ।
यस नाचमा दुई युवा युवातीदेखि लिएर २५–३० जनाको हुल एकै बाजी पनि नाच्छन्। एक युवक एक युवति गरेर कम्ती भए अर्धबृत र धेरै भए बृतमा एउटाले अर्काको, अर्काले अर्काको हात समातेर गीत गाउँदै दाइनेतिर घुम्ने गर्दछन्। यो नाच पनि पाँचथरे,ताम्राङ्गे र कुस्ररकपा गरी ३ थरीको छ। नाच नाच्दा चिनेजानेदेखि बाहेकका टाढा–टाढाका अपरिचित पनि कोसेलीको साधारण आदान–प्रदान र परिचयपछि युवकले नाच्न आग्रह गर्दछ र युवतीले स्वीकृति दिएपछि मात्र नाचिन्छ। धाननाच खासगरी बिबाह,सुध्याई,हाटबजार,मेलापर्व आदिमा दिउँसो र राति दुवै समय नाचिन्छ। बिबाहमा केटीपट्टिकाले लोकन्तीहरुसंग नाच्ने गर्दछन्। मेला पर्वमा भने तीन चार दिनसम्म पनि एकै ठाउँमा भेला भएर ग्ााइन्छ, नाचिन्छ। धाननाचमा गाइने सोधाइ र जबाफको गीतलाई पालाम भनिन्छ र नाच्नु,रमाइलो गर्नु गीत गाउनुलाई पालाम भनिन्छ।
पालाममा मुख्यतया सृष्टि उत्पति, मायाप्रीति,प्रेम,धृणा,लहना आदि सम्बन्धी बिचारहरु गहिरेर रहेका पाइन्छन्। भावनात्मक एवं प्रतीकात्मक अर्थहरु भएका पालाम मार्मिक छन्दोबद्ध र अनुप्रासयुत्क तरिकाले अभिब्यत्क गरिएका हुन्छन्। यस्ता पालाम मुख्य गरेर युवक युवतीबीच प्रश्नोत्तरका श्रपमा रहन्छन्। यस क्रममा युवक तथा युवतीले गर्नु पर्ने कुरा वा प्रश्नहरु ब्यत्क गरिसकेपछि आफ्नो भनाई सकिएको अवगत गराएर उत्तर पर्खन्छन्। शुरुमा गाइने पालाममा मंगलाचरण गरिन्छ अनि मात्रै सृष्टि,सरस्वती,लहना,माया–प्रीति के गाइने हो केटीले मञ्जुर गरेपछि मात्र बिषय छुट्टिएर जान्छ। सृष्टि गाउँ भनेदेखि संगीत,कला,ज्ञानबिज्ञान। बिद्याआदिका कुराहरुसंग सम्बन्धित प्रशन उत्तर गरिन्छ। लहना मायाबी गाउँ भने त्यही अनुसार माया र प्रीतिका गीत प्रश्नोउत्तरमा गाइन्छ। यस्ता पालाम गीतहरु पहिले पहिले लिम्बू जाति र भाषामा मात्र सीमित थिए। तर आजभोलिका गीतहरु नेपाली भाषा मिश्रित र कति त शुद्ध नेपाली भाषामै पनि देखिएका छन् र धाननाच पनि लिम्बू जातिको सीमाबाट नाघेर अरु जातिमा पुगेको यदाकदा देख्न पाइन्छ।
यस्ता गाइने पालाममा लिम्बू भाषा मै भएको एउटा पालामको उदाहरण हेरौ
– मेम्फेम्ना च्वालाम साक्तुम्लो
अहिङ्लः थेलिक लाक्तुम्लो
कङ्पितिन् सिःले सिक्किम नेपाल
मेन्छाम्याप्मी सिःले पेली पान्ला
आसी गर पोङ्लो सि, मुन्धुम्
आहिङ्गर पोङ्लो हिङ् मुन्धुम्। (नआउने कुलो थुनी पठाउँ बाँचुन्जेलसम्म नाचौं है गाईबस्तु मरे मालदाम्लो रहन्छ मरे पनि मृत्युकोपछिको कथा होस बाँचे पनि जीवनको गाथा होस)।
यी बाहेक नेपालीमा पनि यस्ता पालामहरु रहेका छन्।
जस्तै :
तीन जुरेको टुप्पै
ए ठूली फुपै
सुपारी होइन नरीवल
हाम्रो त जातै जारीवाल। यसप्रकार धाननाच लिम्बू जातिमा प्रचलित एक लोकगीतनृत्य हो र यो उनीहरुको प्रमुख मनोमरञ्जनको साधनका रुपमा विकसित हुँदै आएको छ। तर यस नाचलाई अघि पवित्र माने पनि हाल आएर भने यसले बिकृत रुप पनि लिन थालेको छ। युवायुवतीहरुको एक प्रेम सम्बन्ध र बैबाहिक जीवन गाँस्ने माध्यम पनि बन्न लागेको छ। हालका शिक्षित युवायुवतीहरुले यसप्रति चासो देखाउन छाडेको छन्। जे भए पनि लोक विधाभित्रै पर्ने हुनाले यसको संरक्षण गरिनु नेपाली संस्कृतिकै संरक्षण गरिनु हो। अतः यसप्रति ध्यान पुर्याउनु आवश्यक छ।
नोट :- कुनै समय धान खान आउने चराहरूलाई हा... हा... गर्दै खेदाउने प्रचनबाट अथवा हात समाइ हा... हा... भनेर् चरा खेदिएको हुनाले त्यहीबाट धान नाचको शुरु भयो भन्ने मिथक कथा पनि पाइन्छ ।

No comments:
Post a Comment