Tuesday, July 29, 2014

कतारमा लिम्बुवानी बनाभोज:- दीगो शान्ति र बिकाशको लागी लिम्बुवान अपरिहार्य

मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कतारले भाब्याताको साथ बनभोज मनायो।

दोहा,29 जुलाई - कुमार लिङ्देन नेतृत्वको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास कतारका सदस्यहरूले कतारका लागी अध्यक्ष नरेन्द्र एभेङ्को संयोजकतामा बनभोज कार्यक्रम गरेका छन।राष्ट्रगानबाट शुरू भएको उक्त कार्यक्रममा मञ्च सम्बद्ध सलिराप कतारका सदस्य रूद्र नेम्बाङ्,सेवा लुङ,इन्द्र लिम्बू,श्याम्सुहाङ हुक्पाचोङ्बाङ लगायतका ब्याक्तिहरूले राजनीतिक र समाजमा आधारित गजल,कविताहरु सुनाएर माओललाई मन्त्र मुक्त गराएका थिए। कातारको राजधानी दोहा स्तिथ समुद्रको किनार कर्नेसमा सम्पन्न बनभोज कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुम चुम्लुङ् कतारका अध्यक्ष लोकेन्द्र तुम्रोकले कार्यक्रमलाई सम्बोधन गर्दै "लिम्बुवान एतिहासिकताको आधारमा भएकोले लिम्बुवानलाई जातीय रूपमा बुझ्नु असान्दर्भिक हुने धारणा राखे तुम्रोकले राजनितिक कार्यक्रममा गजल,कविता जस्ता साहित्यमा जोड दिनुले अबको लडाई कलमतीर ढ्ल्किएको र ढलकीनु पर्ने भन्दै प्रसंशा गरेका थिए।
यसरीनै समितिका प्रथम उपाध्यक्ष यातु सम्बाङ्फेले दीगो शान्ति र बिकाशको लागी अब बन्ने राज्य संरचनामा जनताको माग सुनिश्चित हुनुपर्नेमा जोडदिए ।

कार्यक्रममा दुतीय उपाध्यक्ष मदन मादेम्बा, प्रबक्ता मिङ्सो सुहाङ,महासचिब देउमान नेम्बाङ,कोषध्यक्ष अबीर मादेन,सदस्य बबिता तुम्बापो लगायतका ब्याक्तिहरूले कार्यक्रमलाई सम्बोधन गर्दै     दीगो शान्ति,बिकाश र अमन चैनको लागी लिम्बुवान स्वायत्तता अपरिहार्य रहेको भन्दै सह-अस्तितावलाई आत्मासाथ गर्दै  लिम्बुवान स्थापनाको लागी  एकजुट भएर अघि बढ्नु पर्ने बताएका थिए। अन्य अतिथि दिल्ली भण्डारी,दीक्षा चापागाई लगायतले जनचेतानाको अभाबको कारण लिम्बुवानबारे गलत प्रचारवाजी भएकोले यसलाई बृहतरूपमा जनस्तर सम्म पुराउन सुझाब दिएका थिए। कार्यक्रमको संचालन समितिका सचिब डम्बर लिवाङले गरेका थिए।


कार्यक्रमको औपचारिकता अन्त्य गर्ने क्रममा कार्यक्रमका सभापति नरेन्द्र एभेङ्ले आजको बनभोज कार्यक्रमलाई प्रताक्ष,अप्रतक्ष रुपमा सहयोग गरेर साथ दिनुहुने सबैलाई धान्यवाद ज्ञापन र संसार भर छरिएर रहेका मुस्लिम धर्म्लावालाम्वी नेपालिहरुलाई ईद्को शुभकामना प्रदान गरेका थिए।

No comments:

Post a Comment