Sunday, July 27, 2014

लिम्बुवान र राजनितिक संवाद समितिको चियावारिमा वार्ताहुदै


दीपक लिम्बू
ईलाम,साउन ११-दोस्रो संबिधानसभाको निर्वाचनलाई बिदेशिको ग्राण्ड डिजाईन भएको भन्दै शसक्त बहिस्कार गरेका पूर्वमा सक्रीय दल मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् सँग राजनितिक संबाद समितिले इलामको चियावारी कटेचमा वार्ता गरिरहेको छ। बार्तामा लिम्बुवानले एतिहासिकताको आधारमा अरुण पूर्व नौ जिल्लालाई लिम्बुवान स्वायत्त गणराज्य घोषणा हुनु पर्ने माग राखेका छ। लिम्बुवान बिनाको संबिधान जारी भए राष्ट्रमा दुर्घटना हुन सक्न्ने लिम्बुवान वार्ता टोलिले चेतावनी दिएका छन स्रोतले बतायो।
यसरिनै मंच सम्बद्ध लिम्बुवान राज्य परिषदले मंशिर चारको चुनाब बाहिस्कारको क्रममा पक्राउ गरि झुटो मुद्धा लगाई जेल चलान गरिएकालाई बिनासर्त रिहाई गर्नु पर्ने।राज्यबाट अन्य कार्यकर्तालाई झुटो मुद्धा लगाईएका मुद्धाहरु फिर्ता गरिनु पर्ने, चुनाब बाहिस्कारको क्रममा घाईते भएकालाई उपचार गर्नुपर्ने र बल पुर्व आफ्ना कार्यकर्ताको जफत गरिएका भौतिक स्रोतसाधन फिर्ता गर्नु पर्ने जस्ता मागहरु राखेका छन।संबिधान जारी हुनु अगाबै सर्वदलीय गोलमेच गरेर संबिधानको अन्तर बस्तु माथि छलफल गरि अरुणपुर्व नौ जिल्लालाई संघीय लोकतान्त्रिक गणतंत्र नेपाल अन्तरगत लिम्बुवान, राज्य धर्मनिरपेक्षता,गणतन्त्र र समानुपातिकतालाई संबिधानसभाले अंगीकार गरे आफुहरू संबिधान बिरोधी नभएको वार्तामा सहभागी एक नेताले बताए।

वार्तामा राजनीतिक संवाद समितिको तर्फबाट संबाद समितिका उप संयोजक नारायण प्रसाद ढुंगाना,आर के खम्बु,भीष्मराज आन्ग्देम्बे लगायतका नेता रहेकाछन। मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदको तर्फबाट आध्यक्ष लिङ्देन सहित १२ नेताहरुको उपस्तिथि रहेको स्रोतले बतायो।

No comments:

Post a Comment