Wednesday, July 2, 2014

टिक्रिटबाट भागेर चार नेपाली कुर्दिस्थान

टिक्रिटबाट भागेर चार नेपाली कुर्दिस्थान


३ अझै अलपत्र

होम कार्की    
      दोहा (कतार), असार १८ - २४ दिनदेखि इराकको द्वन्द्वग्रस्त क्षेत्र टिक्रिटमा फसिरहेका सात नेपालीमध्ये चार जना भागेर सुरक्षित क्षेत्र कुर्दिस्थान पुगेका छन् । तीन जना बिजोगमै छन् ।  टिक्रिटमा विद्रोही लडाकु आईएसएसआरको नियन्त्रणमा रहेकाहरू निर्मलपोखरी-५, कास्कीका २७ वर्षीय सन्तोष लामिछाने, नुनखर्क-१, ओखलढुंगाका २९ वर्षीय अजित तामाङ, चितवन शारदानगरका २७ वर्षीय प्रकाश विश्वकर्मा र रुकुमका धनबहादुर विक कुर्दिस्थान पुगेका हुन् । उनीहरू होटल कामदार हुन् । कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका प्रेम गिरी र घोरही ठाकुर-९ का टोपबहादुर बस्नेतको अझै उद्धार हुन सकेको छैन । उनीहरू सरकारी भवनमा काम गर्नेहरू हुन् । उनीहरूको साथमा राहदानी छैन ।'जोखिम मोल्दै टिक्रिटबाट कुर्दिस्थान सकुशल आइपुगेका छौं,' कास्कीका सन्तोष लामिछानेले भने, 'अब हामी सुरक्षित भएका छौं

।'कुर्दिस्थानको राजधानी अबि्रलमा होटल चलाएर बसेका एक मालिकबाट उनीहरूको उद्धार भएको हो । 'ती इराकीले स्थानीय समरा भन्ने ठाउँमा होटल चलाएका थिए । त्यहाँ पहिला मैले तीन महिना काम सिकाएको थिएँ । उनलाई मैले आफ्नो र साथीहरूको अवस्था बताएपछि होटलमा काम गर्ने हिसाबले उद्धारको प्रबन्ध मिलाए', लामिछानेले भने, 'बिहान ८ बजे उसले गाडी पठाइदिएको रहेछ । त्यसबाटै कुर्दिस्थान आइपुग्यौं ।'बिहान ८ बजे टिक्रिटबाट निस्किएका उनीहरू दिउँसो २ बजे कुर्दिस्थान सीमा पुगे । 'बाटोभरि विद्रोही थिए,' उनले भने, '५० बढी ठाउँमा जाँच भयो तर केही गरेनन् ।

'उनीहरूले टिक्रिटमै फसिरहेका तीन जनाको अवस्था निकै गम्भीर भएको बताउँदै तत्काल उद्धारको खाँचो रहेको बताए । 'उनीहरूलाई हिजो विद्रोहीले ६ घन्टा सोधपुछका लागि नियन्त्रणमा लिएका थिए,' उनले भने, 'अहिले पनि उनीहरूको निगरानीमा अस्पतालमै राखिएको छ ।' उनीहरूले तीन जना नेपालीको यथाशीघ्र उद्धारको जरुरत रहेको बताए । 'हामी त भाग्यले त्यहाँबाट उम्कन सफल भयौं,' लामिछानेले भने, 'तीन जनालाई तुरुन्त उद्धार गर्न अपिल गर्छु ।'टिक्रिट टिचिङ अस्पतालमा आश्रय लिएर बसिरहेका गिरीले जीवन ज्यादै कठिन मोडमा रहेको बताए । 'हामी भगवान् भरोसामा बाँचिरहेका छौं,' टिक्रिटमा बसेका गिरीले कान्तिपुरलाई भने, 'हाम्रो स्थिति सार्‍है नाजुक छ । कसैले पनि उद्धार गर्न सकेन


।'गिरीले नेपाल सरकारबाट आस देखाउने काम मात्रै गरेको बताए । 'सुरक्षित भएर बस्नु, उद्धार हुन्छ मात्रै भनेर टेलिफोन आउँछ,' उनले भने, 'तीन सातादेखि यस्तै भइरहेको छ ।'उनीहरू आफूहरू बसेको ठाउँमा भारी बम वर्षा र गोली हानाहान भइरहेको बताए । 'हामी बीचमा परेका छौं । दुईतिरबाट गोली हानाहान भइरहेको छ,' मोरङका बस्नेतले भने, 'स्थिति झन् बिग्रँदै गएको छ ।' उनीहरू आइतबारै त्यहाँबाट ज्यान जोखिममा राखेर भाग्ने प्रयास गरेका थिए । तर सरकारी सेनाले हवाई फायर जारी राखेकाले सफल भएनन् । उनीहरू कुवेत र पाकिस्तानस्थित नेपाली दूतावासको नियमित सम्पर्कमा छन् । दूतावासहरूले उद्धारका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन, अन्तर्राष्ट्रिय रेडक्रस र इराक सरकारसँग अनुरोध गरेका छन् ।

No comments:

Post a Comment