एमाले अधिवेशन क्षेत्रमा धुवानै धुवा^सवेरए साधन ठप्प।
डनबाद र धनबादले चर्चित नेकपा एमालेको नवौं महाधिवेशनको उद्घाटन सुरु हुनुअघि सहभागी हुन आएका कार्यकर्ताले कार्यक्रमस्थलमा प्रवेश नपाएको आक्रोसमा मुख्य स्वागतद्वार तोडफोड गरेका छन्।
उनीहरुले गेटमा सजाइएका ब्यानर, तुल र फेलेक्स बोर्ड समेत आगजनी गरेका छन्। आक्रोसित कार्यकर्ताले महाधिवेशनका लागि सजाइएका तुल ब्यानरलाई भृकुटीमण्डप सडकमा ल्याएर आगो लगाइदिएका थिए ।
पद्मोदय मोडदेखि पर्यटन बोर्डसम्मको सडकमा सवारीसाधन अवरुद्ध गरी कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। गृहमन्त्री बामदेव गौतम भित्रपट्टि उद्घाटन समारोहको मञ्चमा बसिरहँदा बाहिरपट्टि स्थितिलाई नियन्त्रमा लिन प्रहरीले लाठीचार्ज गरेको हो।कार्यकर्ता दमन गर्न प्रहरी परिचालन गरेको भन्दै कार्यकर्ताले आफ्नै गृहमन्त्री बामदेव गौतमविरुद्ध नाराबाजी गरेका छन्।बाहिर आक्रोसित कार्यकर्ताले आगजनी गरिरहँदा एमाले अध्यक्ष झलनाथ खनालले भृकुटीमण्डपको हलभित्र एमालेको औं महाधिवेशन उद्घाटन गरेका छन्। प्रतिनिधि बाहेकका कार्यकर्तालाई उद्घाटन सत्रमा प्रवेश नदिएपछि कार्यकर्ता आक्रोसित बनेका हुन्। महाधिवेशनका लागि ४-५ दिन अघिदेखि नै जिल्लाका कार्यकर्ता राजधानीमा छन्।
उनीहरुसँग पार्टीका कार्यकर्तासमेत खुलासत्र खुला नै हुनुपर्ने मागसहित नारावाजीमा उत्रेका छन्। नेताका गाडीसमेत भित्र छिर्न अवरोध गरिएको छ। प्रदर्शनी मार्गको नेपाल ल क्याम्पसदेखि सभागृहसम्म कार्यकर्ताको भिड छ। भने बाहिर भएका कार्यकर्ताहरुले भित्र महङगा महङगा बिदेशी रक्सी भित्रैएको आरोप लगाउदैछन र भित्र भएकाले जाड खाएर बदमाश गरेको आरोप लगौदैछन।

No comments:
Post a Comment