Monday, June 23, 2014

आध्यक्षको लागि माधव र ओलिको रुवाबासी

एमाले महाधिवेशन दश दिन बाँकी, प्रतिनिधि तानातान
काठमाडौँ, असार ९– नेकपा (एमाले) को नवाँैं राष्ट्रिय महाधिवेशन आउन दश दिन बाँकी रहँदा सेती र उपत्यका अञ्चलबाहेक १४ अञ्चल समन्वय कमिटीअन्तर्गतका जिल्लाबाट प्रतिनिधि चयन पूरा भएको छ ।हालसम्म मेची–५५, कोसी–१४७, सगरमाथा–५४, जनकपुर–२३, नारायणी–९७, बागमती–७४, गण्डकी–१२६, धौलागिरि–४७, लुम्बिनी–१९०, राप्ती–४३, भेरी–९१, कर्णाली–४४, महाकाली–६१ र सम्पर्क समन्वय विशेष कमिटी–३१ गरी एक हजार ८३ प्रतिनिधि चयन भएका छन् ।अधिकांश जिल्लामा सहमतिका आधारमा प्रतिनिधि चयन भएको एमालेले जनाएको छ । हालसम्मको विवरणमा एमालेमा संसदीय दलका नेता केपी शर्मा ओलीलाई अध्यक्षका पक्षमा बहुमत पुगेको जिकिर सो समूहले गरेको छ ।

ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आफ्नो बहुमत आउने जिकिर गर्दै प्रतिनिधिलाई आफ्नो पक्षमा तान्ने कार्य प्रारम्भ गरिसकेका छन् ।संविधानसभा उपनिर्वाचन भएका केही अञ्चल र जिल्ला, केन्द्रीय विभाग, जनसङ्गठनबाहेकका क्षेत्रमा मङ्गलबार प्रतिनिधि चयन हुनेछ । निर्वाचन भइसकेका ताप्लेजुङ, पाँचथर, इलाम, उदयपुर, महोत्तरी तथा सम्पर्क कमिटीका केही स्थगित क्षेत्रको परिणाम आउन बाँकी छ ।“प्रतिनिधि चयनमा पार्टी सदस्यले देखाउनुभएको उत्साह तथा समझदारीले पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न मद्दत पुगेको हामीले महसुस गरेका छौं”– आज पार्टी केन्द्रीय कार्यालय मदननगरमा आयोजित मूल व्यवस्थापन समितिको नियमित पत्रकार भेटघाटमा महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिले आपसी समझदारीमा सर्वसम्मतिमा आप्mना प्रतिनिधि चयन गरेका छन्, केही स्थानमा लोकतान्त्रिक विधिअनुरुप मतदान गरेर प्रतिनिधि निर्वाचित भएका छन् ।”महाधिवेशन यही असार १९ गतेदेखि काठमाडौँमा हुँदैछ ।

यसैगरी काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन, दाङ, बाँके, बर्दिया, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरा, जुम्ला, धनुषा, सप्तरी र काठमाडौँ उपत्यकाअन्तर्गत रहेका पेसागत बुद्धिजीवी, मजदुर र विद्यार्थी विशेष जिल्ला कमिटीको प्रतिनिधि चयन मङ्गलबार हुनेछ ।

No comments:

Post a Comment