काठमाडौं, असार ९– नेपाल प्रहरीका एसएसपी रमेश खरेलले तराईमा मधेसी युवाहरुलाई कब्जामा लिएपछि भिडन्तको हवाला दिँदै गैरन्याययिक हत्या गर्ने गरेको तथ्य खुलेको छ । ‘ब्याटलस् अफ द न्यू रिपब्लिक’ शीर्षकको हालसालै प्रकाशित पुस्तकमार्फत् प्रशान्त झाले यस्तो खुलासा गरेका हुन् । एसएसपी खरेलले सन् २००९ को जुलाईमा मधेस राष्ट्र जनतान्त्रिक पार्टीका सभापति रामानायराण उर्फ मेनेजर महतोलाई हिरासतबाट घिच्चाउँदै सिराहाको लकपरामा लगेर गोली ठोकी हत्या गरेका हुन् । रामनारायण महतोलाई बिहार पुलिसले सन् २००९ जुलाई १८ तारिखमा जयनगरको एउटा चियापसलबाट मोटरसाइकलसाथमा गिरफ्तार गरेर सिराहा प्रहरीलाई हस्तान्तरण गरेको बिहार मानवअधिकार आयोगको रिपोर्टमा उल्लेख छ । उक्त समयमा रमेश खरेल नेपाल प्रहरीको सिराह प्रमुख थिए । रामनारायण महतो गिरफ्तार भएपछि उनको पार्टीको बुद्धिजीवी फाँट हेर्ने राजीव झा उर्फ चन्द्रशेखरले आफूलाई फोन गरेको उल्लेख गर्दै प्रशान्त झाले आफ्नो पुस्तकमा लेखेका छन्— ‘जुलाई सन् २००९ को एक साँझ राजीवले मलाई फोन गरे । उनको स्वर कापिरहेको सुनिन्थ्यो, उनी निक्कै डराएका थिए । उनले आफ्नो नयाँ पार्टीका अध्यक्ष रामनारायण उर्फ मेनेजर महतोलाई बिहार पुलिसले जयनगरमा गिरफ्तार गरेको बताए । राजीवले भने– ‘महतोलाई नेपालको सिराहा जिल्लाप्रहरीलाई हस्तान्तरण गरिएको छ । मलाई लाग्छ उनीहरुले उनलाई मार्ने छन् । तपाईंले केही गरिदिन सक्नुहुन्छ ?’ यसरी सीमावारिपारि सहकार्य भएको यो बिरलाकोटीको घटनाबाट म आश्चार्यचकित भएँ । किनकि, यसअघि भारतीय पक्षले कहिल्यै मधेसी लडाकुहरु नेपाललाई बुझाएको थिएन । मैले राजीवलाई काठमाडौंको नागरिक समाजमा यो खबर सम्प्रेषण गर्छु भन्दै उनलाई त्यति सारो नआत्तितन पनि अग्रह गरेँ । प्रशान्त झा अगाडि लेख्छन्— अर्को दिन राजीवले मलाई फेरि फोन गरे । यसपटक उनको स्वर हडबडाएको थिएन । ‘उनीहरुले मारे । पहाडी राज्यले उनलाई मा¥यो र
अनि त्यसलाई भिडन्तको जामा पहिरायो । प्रशान्तजी, तपाईं हामीलाई यस्तो सरकार, यस्तो राज्यसित वार्ता गर्न भन्नुहुन्छ । हामी हत्याको बदला लिने छौं ।’ त्यसको लगत्तै भोलिपल्ट पनि काठमाडुको मिडियाले ‘सुपरपुलिस’को रुपमा उचालेका रमेश खरेलले अर्का एकजना परशुराम यादव नाम गरेका मधेसी विद्रोहीलाई मुठभेड भन्दै कब्जामा लिएर हत्या गरेको प्रशान्त झाको पुस्तकमा उल्लेख छ ।’ केही महिनाअघि बिहारको मानव अधिकार आयोगले प्रकाशित गरेको प्रतिवेदनमा लेखिएको छ – रामनारायण महतो उर्फ म्यानेजर महतोलाई सन् २००९ को १८ जुलाईका दिन जयनगर पुलिस स्टेसनका प्रहरीले त्यहाँबाट २ किलोमिटर टाढा रहेको राम लक्ष्मण यादवको चिया पसलबाट पक्राउ गरेको थियो । उनीसँगै उनका साथी सुरेन्द्र कुमार सिंह र अन्य दुई लाई पनि प्रहरीले त्यतिबेला समातेको थियो । तर त्यसको दुई घण्टापछि रामनारायण महतोबाहेक सबैलाई छाडिएको थियो । महतोलाई जयनगर पुलिस स्टेसनसम्म आएको सिराह प्रहरीलाई हस्तान्तरण गरिएको थियो । त्यसको अर्को दिन अर्थात् जुलाई १९ का दिन महतोलाई भीडन्तमा मारिएको भन्दै समाचार प्रकाशन गरिएको थियो । महतोको शवलाई उनका भाईले पहिचान गरेका थिए । उनैले बिहारको मानव अधिकार आयोगमा उजुरी दिएका थिए । आयोगको प्रतिवेदनमा प्रहरीको रेकर्डलाई तोडमोड गरिएको बताइएको छ । त्यस्तै नेपाल प्रहरीलाई महतो बुझाउन गल्ती भएको भन्दै बिहार सरकारलाई पीडित पक्षलाई एक लाख भारतीय रुपैयाँ क्षतिपूर्ती दिन सिफारिस समेत गरेको थियो । तराईमा भइरहेका गैर न्यायायीक हत्याका बारेमा निकै सुक्ष्म ढंगले अध्ययन गरिरहेका दिपेन्द्र झाका अनुसार त्यस क्षेत्रमा गैर न्यायायीक हत्याको श्रृंखला अझै पनि रोकिएको छैन । ‘केही महिनाअघि महोत्तरीमा २ जनाको गैरन्यायीक हत्या भएको थियो,’ झा भन्छन् । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार तराईमा ५७ गैर न्यायायीक हत्या भएको रिपोर्ट सार्वजनिक गरेको थियो भने अर्को मानवअधिकारवादी संस्थाले भने तराईमा २३३ जनाको गैरन्यायायीक हत्या भएको रिपोर्ट सार्वजनिक गरेको छ । खरेल भन्छन्, ‘म त्यहाँ थिइँन’ यस विषयमा रमेश खरेलसँग सम्पर्क गर्दा उनी अहिले काठमाडौं बाहिर रहेको बताए । निकै संक्षिप्त प्रतिक्रिया दिँदै उनले त्यति बेला आफू त्यहाँ नभएको बताएका थिए । (टेलिफोन स्पष्ट नभएका कारण लामो प्रतिक्रिया लिन सकिएन) यद्यपि, त्यति बेला मिडियामा भने महतोको हत्या भएको अर्को दिन मारिएका पर्शुराम यादवको मुठभेडमा मारिएको समाचारमा बोल्दै स्वयं खरेलले ‘मस्ट वान्टेड’ लाई मारेको बताउन भ्याएका थिए ।
कानुनविदहरु यसरी हिरासतमा लिएका व्यक्तिको हत्या गर्नुलाई प्रहरीको शक्तिको दुरुपयोग भएको बताउँछन् । हिरासतमा लिएको व्यक्तिलाई मुठभेड भन्दै मार्नु कसैको हत्या गर्नु सरह हो । उनीहरु भन्छन्, ‘यसलाई गम्भीर प्रकारको अपराध मानिन्छ र ज्यान मार्ने मुद्दामा कारवाही गर्न सकिन्छ - ratopati

No comments:
Post a Comment