Wednesday, June 25, 2014

एक साता भित्र माग पुरा नभए डोल्पालिले आन्दोलन गर्ने।


काठमाडौं, असार १२–डोल्पास्थित शेफोक्सुण्डो राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले विगत १५ वर्षदेखि डोल्पो समुदायमा विकासको नाममा विनाश र आर्थिक मन्दी वातावरण संरक्षणको नाममा संकट र शान्ति सुव्यवस्थाको नाममा लुटपाट, हत्या हिंसा, गोली काण्ड मच्चाएको पीडित हरुले आरोप लगाएका छन् ।













स्थानीय संघर्ष समितिले बुधबार बन तथा भुसंरक्षण मन्त्री महेश आचार्यलाई एक ज्ञापन पत्र बुझाउँदै मध्यवर्ती क्षेत्रको विशेष गरी उत्तरी छर्का भोट ७ गा.वि.स. स्थानीयहरु बढी पिडित भएको र यसको लागिनियमावली र निर्देशिका संशोधन गर्नुपर्नेमा माग गरे ।विभिन्न क्षेत्रका २१ जनाको हस्ताक्षर रहेको सो मागपत्रमा उनीहरुले विभन्न ९ बुँदे माग अघि सारेका छन्

।मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको जारी नियमावली र निर्देशिका संशोधन÷परिमार्जन गर्नुपर्ने ,सेफोक्सुण्डो रा.नि. मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले गरेको अपारदर्शी जनविरोधी गतिविधिको छानविन गर्नुपर्ने, यस क्षेत्रको वातावरण संरक्षण गर्न र हत्या हिंसा र लुटपाट रोक्न शान्ति अमनचैन कायम गर्नको लागि आगामी २०७२ सालदेखि डोल्पा जिल्लाको उत्तरी ७ गाविस डोल्पो क्षेत्रमा बाहिरबाट आउने मानिसलाई यार्चागुन्बु संकलनमा प्रतिबन्ध लगाइनुपर्ने, के धार्मिक वन, धो–ताराप हत्या हिंसा काण्डमा मृत्यक २ को परिवारजन तथा सयौंको संख्यामा घाईते भएका र घर ढोका र अन्न भण्डारण (गाम) फोरी क्षति पु¥याएको आदिको लागि समुचित क्षतिपू्र्तिको व्यवस्था हुनुपर्ने, हत्याकाण्डमा संलग्नहरु माथि कारबाही गर्नुपर्ने, भर्खरै २०७१ असार ५ र ६ गते डोल्पा साल्दाङ–८ को नाउरे र वाङलुङमा श्रीमती पेमा भुटी, ग्याल्छन् बुढा, थुक्तेन बुढा, क्षोक् छिरिङ, श्रीमती सोनम ल्हामो गुरुङ र छिरिङ गुरुङ समेतबाट नगद रु ४ करोड २५ लाख र ५ किलो यार्चागुन्बु (प्रतिकिलो रु १५ लाख) लुटेराहरुले लुटी लगेको र १२ लुटेराको पत्ता लगाई पीडित पक्षलाई उचित क्षतिपूर्तिको दिइनुपर्नेलगायतका ९ बुँदे माग राखेका छन् ।आफ्नो मागहरु मागहरु १ साताभित्र पूरा नगरिए आन्दोलनको कार्यक्रमहरु अघि सार्न उनीहरुले चेतावनी दिएका छन्

No comments:

Post a Comment