Wednesday, June 25, 2014

एमाले नवौ अधिवेशन डनवाद र धनवाद

डनवाद र धनवाद को नवौ अधिवेशन ।


काठमाडौं, असार १२ - एमालेको नवौ महाधिवेशनका लागि यसअघि अनुमान गरिए भन्दा झण्डै चार सय प्रतिनिधिहरु बढ्ने भएका छन् । निर्वाचित र पदेन गरी झण्डै दुई हजार दुई सय प्रतिनिधि हुने भएका छन् । केन्द्रीय समितिले यसअघि प्रतिनिधिहरुको संख्या १ हजार ८ सयमा सिमित गर्ने समझदारी बनाएको  थियो

।एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार, पुरानो मापदण्ड परिवर्तन र संगठित सदस्य थपिएका कारण कारण प्रतिनिधिको संख्या बढेको हो ।  'महासंघीय ढाँचामा भएका संगठनहरुबाट चयन हुने प्रतिनिधिको संख्या बढ्यो र सबै जनसंगठनहरुबाट पाँच जना नै चयन गरियो' ज्ञवाली भन्छन । त्यसैेले यसअघि अनुमान गरिए भन्दा प्रतिनिधिहरु बढी हुने देखियो ।' सदस्यता विवाद भएका क्षेत्र र जिल्लाहरुमा सदस्यता थपेर विवाद मिलाएको छ । धनुषा लगायतका जिल्लामा सदस्यताको विवाद थियो ।

 महाधिवेशनका लागि करिब सबै स्थानमा प्रतिनिधि छनौट भइसकेको नेता ज्ञवाली बताउछन।
  उका अनुसार बुधबार साँझसम्म एक हजार आठ सय ३५       को अन्तिम नाम आइसकेको छ ।  केही स्थानबाट आउने क्रम जारी रहेको छ । निर्वाचित बाहेक केन्द्रिय सदस्य, सल्लाहकार परिषद आयोगहरु, जेष्ठ्य कम्यूनिष्ट मञ्च लगायतबाट स्वत प्रतिनिधि हुने व्यवस्था छ । पदेन प्रतिनिधि हुनेको संख्या २ सय ५६ छ ।अझ बिदेशमा भाई एमाले एन आर एन खोलेर बसेकाहरुपनी आउने होलन उनलाई प्रतिनिधी नबनाए फेरी एमाले नेताको बिदेश भ्रमण पनि च्वाट हुनेछ त्यस्लाई पनि जोगाउनु छ।  

प्रतिनिधि छनौटमा नै  भावी नेतृत्वका आकांक्षी  माधवकुमार नेपाल र केपी ओलीका दुई समूहबीच प्यानल बनाएर निर्वाचन भएको थियो उनिहरुले केपी ओलीलाइ डनबाद र माधव नेपाललाई धनवादको संज्ञा दिदै आएका छन। डनवाद र धनवाद दुबै पक्षका नेताहरुका सचिवालयले आ-आफ्ना प्रतिनिधिहरुको सूची तयार गर्न थालेका छन् । दुबै समुहले पक्षमा बुहमत भन्दा बढी प्रतिनिधि छानिएको भन्दै परस्पर विरोधी दाबी गरिरहेका छन् । दुबै पक्षले आंकडा संकलन गरेर प्रतिनिधिहरुलाई आ-आफ्नो पक्षमा प्रभावित पार्न पनि थालिसकेका छन् चप्पल, साबुन, चस्माबाट केही बड्ने संभावना देखिन्छ । तटस्थ र समूहभन्दा फरक विचार राख्ने प्रतिनिधिहरुलाई आफनो पक्षमा पार्ने कोशिस दुबै पक्षबाट भइरहेको छ ।

No comments:

Post a Comment