Wednesday, June 25, 2014

उप-प्रधानमन्त्रिको प्रमुख अथित्यमा तेरियको सम्मान हुने ।

Ram kumar shreshtha


१४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएकामध्ये ४० हजार छनोटमा परेकाबाट बिलक्षण प्रतिभा एबं जादुमय नृत्यका धनी नेपालकी छोरी ११ बर्षीया तेरिया फौजा मगर “DID L’il Masters” Season 3 का बिजेता हुन सफल भएकी छिन् । बिस्वकै झन्डै १८ प्रतिशत जनसख्या भएको क्षेत्रमा कडा प्रतिस्पर्धाबाट जुन सफलता हासिल गरिन त्यस्ले राष्ट्रिय गौरब र प्रतिस्ठालाई उचो पार्ने काम गरेकोले लुम्बिनी-कपिलवस्तु दिवस अभियानले उप-प्रधानमन्त्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा उन्को सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।हिजै मात्र टेरियाको नेपाल आउने समयको टुङो लागेको खबर प्राप्त भएपछि प्रमुख अतिथिको समय लिने काम भएकोले सम्मान कार्यक्रममा टेरियाका नेपाली गुरु सुरेश सिन्चुरी र भारती गुरु ॐकारलाई निमन्त्रणा प्ठाउने कार्यमा ढिलाइ भए तापनि कार्यक्रममा उहाँहरुको उपस्थिति होस भनी प्रयासरत छौं । भारतको कार्यक्रमपछी नेपाल आउने क्रममा नेपाल आइ नपुग्नु भएकोले हिजोसम्म सिन्चुरीसंग संपर्क हुन सकेको छैन भने ॐकारलाई आज निमन्त्रणा पठाइएको छ ।

कार्यक्रम :मिति : २०७१।०३।१५
स्थान : सिद्धि ईन्द्र स्मृति प्रतिष्ठानको हल (लुम्बिनी बैँक भएको भवनको माथिल्लो तला) (एरपोर्टबाट कोटेस्वोर,बालकुमारी हुदै ग्वार्को भन्ने ठाउको मेन रोडमा)बालकुमारी, ग्वार्खो, ललितपुर
समय : ११: ०० बजे

No comments:

Post a Comment