फिजीकरणले समाज विध्वंश हुन सक्छ, राज्य टुक्रन सक्छ
-सीके लाल
राज्य भनेको मानव जातिको इतिहासमा एकदमै नयाँ संरचना हो । वेस्टफालिया सन्धिलाई लिने हो भने अहिलेको जस्तो राज्य बनेको ३ सय ६० देखि ३ सय ८० वर्ष मात्र भएको छ । त्योअगाडि राज्य थिएन । तर, राज्य नहुँदा पनि समाज थियो । त्यसैले समाज प्राकृतिक संरचना हो । राज्य कृत्रिम संरचना हो । प्राकृतिक संरचना भएकाले त्यससँग हाम्रा सम्बन्धहरु जोडिएका हुन्छन् ।समाजभित्र नातागोता हुन्छन्, परिवार हुन्छ, समुदाय हुन्छ, साथीभाइ हुन्छन्, मर्या पर्या बेलामा काम लाग्ने छिमेकीहरु हुन्छन् । त्यसैले समाज रहिरहन्छ ।
राज्य भने बन्छ, टुक्रिन्छ । दक्षिण एसियाको कुरा गर्नुहुन्छ भने सन् १९४७ मा भारतबाट पाकिस्तान छुट्टयिो । त्यसको अलि दिनपछि बङ्गलादेश छुट्टयिो । त्यसको अलि दिनपछि बर्मापनि गयो । त्यसपछि फ्रान्सभन्दा ठूलो देश हैदरावाद भारतमा गाभियो । राज्य बन्छ टुक्रिन्छ, मिल्छ । यो इतिहासको प्रक्रिया हो ।नयाँ संरचना भएकाले राज्य एकदमै आक्रामक हुन्छ । राज्यको एउटा स्वरुप डर र भयबाट शासन गर्ने हो । नेपालमा राणाहरु र पञ्चायतकालको कुरा गर्ने हो भने पहिलो रुप डर र भयबाट नै शासन गर्ने थियो । त्यसपछि दोस्रो रुप सोसियल कन्ट्रयाक्ट -सामाजिक अनुवन्ध) को आधारमा शासन गर्ने हो । त्यसमा नागरिकको पनि केही कर्तव्य र अधिकार हुन्छ । त्यसबापत राज्यले पनि केही दायित्व र अधिकार पाउँछ । यी दुईटाले आफ्नो अधिकार र कर्तव्य पालन गर्ने जुन अनुबन्ध छ, त्यो संविधान हो । त्यसैले अनुबन्धमा आधारित राज्य हुन्छ । राज्यको अन्तिम स्वरुप भनेको सहमतिको राज्य हो । त्यसमा अनुबन्ध गौण हुन जान्छ अनि राज्य र समाज एउटै भइदिन्छ ।नेपालमा एकथरिले राज्य र समाज एउटै हो भनेर भने । यसले समस्या सिर्जना गर्यो । हाम्रा नताहरुले भाषण गर्दा भद्र महिला तथा पुरुष भनेर भन्दैनन्, आदरणीय दाजुभाइ तथा दिदीबहिनी भन्छन् । त्यसो भन्नुको अर्थ राज्यलाई परिवारको रुपमा लिइएको हुनसक्छ । यसरी नै राज्यलाई शासक समुदायले परिवारको रुपमा लिए । तर, राज्य परिवारजत्तिको प्राकृतिक छैन ।नेपालको हकमा अहिलेसम्म डर र भयबाटै चलेको राज्यमा छौं । हामी अनुबन्धसम्म पनि पुग्न सकेका छैनौँ । अनुबन्धको सम्बन्धलाई आधार मान्ने हो भने नेपालमा २००७ सालदेखि सुरु भएको थियो । त्यसले ६० वर्ष नाघिसक्यो । तापनि अहिलेसम्म राज्यको स्वरुप भयमै आधारित दमनकारी प्रवृत्तिको छ । त्यसैले गर्दा राज्य र समाजबीच निरन्तर द्वन्द्व छ । राज्यमाथि नागरिकको भरोसा छैन । नागरिकले मलाई भरोसा गरेन भन्दै राज्यबाट झन् बढी दमन गरियो ।
राज्यले बढी शोषण गर्यो । अनुबन्धको सम्बन्ध बनेकै छैन । त्यसैले हामीले अनुबन्धको सामान्य आधार हेर्नुपर्ने हुृन्छ ।तर, अहिले राज्यले सुरक्षा दिन सकिरहेको छैन । राज्यले सेवा दिन पनि छोडिसक्यो । बच्चाहरुलाई पढाउने ग्यारेन्टी गर्न सकिरहेको छैन । विरामी भएपछि अस्पतालमा उपचार गराउन गाह्रो भइराखेको छ । निजी संस्थामा सेवा लिन बाध्य हुनुपरेको छ । बिरामी हुँदा औषधी पसलमा गएर सोधपुछ गर्नुपर्ने, धामी-चाहार्ने अवस्था छ । सम्मान त राज्यले दिएकै छैन । सम्मान लिनको लागि पहिलो आवश्यकता हो नागरिकता । तर, अहिले नागरिकता राज्य संयन्त्रको एटीएम मेसि बन्न पुगेको छ । जहिले पनि पैसा निकाल्न मिल्ने भएको छ । सरकारले यदि नागरिकता गलत प्रक्रियाबाट दिएको छ भने त्यो त सरकारी संयन्त्रको गल्ती हो । व्यक्तिको त पटक्कै होइन । मानौँ त्यस्तो गल्ती भएको छ भने यदि व्यक्तिले रक तिर्छ र कानुन मान्छ भने त्यो नागरिक सम्मानको हकदार हुनुपर्छ । यहाँ नागरिकता पाउनको लागि जन्मेर हुँदैन । मान्यता दिइएको रगतबाट जन्मनुपर्ने स्थिति छ । यसरी समुदायलाई राज्यले आफ्नो नागरिक होइन भनेर सिधै नकारिरहेको छ । त्यसो हुँदा नागरिकले म कर तिर्दिनँ, कानुन मान्दिनँ, तिम्रो हतियारको एकाधिकार मान्दिनँ भन्ने भावनाको विकास गर्छ र सशस्त्र समूहतिर लाग्ने सम्भावना पनि हुन्छ ।
यसरी समाज र राज्यसंयन्त्रको सम्बन्ध खलबलिएको छ ।यो टकरावको स्थिति मधेश जस्तो ठाउँमा जटील बन्नुको कारण हो-राज्यको अनुहार हेर्दा आफूजस्तो नदेखिनु । राज्य आफ्नो जस्तो पनि त देखिनु पर्यो नि । जंगबहादुर राणाले पाण्डे, थापा साफ गरिसके भनेर हामीले इतिहासको किताबमा पढ्यौँ । तर, होइन रहेछ । म तपाईंहरुलाई निजामती सेवामा रा.प. द्धितीय श्रेणीमा हालै पदोन्नति पाएकाहरुको नामावलीको थर पढेर सुनाउँछु । तपाईंहरु यसमा विचार गर्नुहोला । खरेल, बराल, खड्का, भट्टराई, लुइँटेल, ठकुरी, विष्ट, सुवेदी, कार्की, अर्याल, पोखरेल, हुमागाईँ, ढुंगाना, ढकाल, निरौला, आचार्य, गैरे, अधिकारी, चापागाईँ, थपलिया, घिमिरे, पुरी, बेलबासे, डाँगी, श्रेष्ठ, खनाल, ज्ञवाली, सापकोटा, तिमिल्सिना, तिम्सिना, रेग्मी, दाहाल, भुसाल, उपाध्याय, जिसी, लम्साल, पौडेल,भण्डारी, रायमाझी, उप्रेती, न्यौपाने, कलोनी र बास्तोला । यसमा जनजातिको नाउँमा दुईवटा श्रेष्ठ रहेछन् । हिमाली क्षेत्रका कोही पनि छैनन् । मधेशी कोही पनि छैनन् । राज्यको यस्तो एकांगी चरित्र छ । मैले ऐना मात्रै देखाएको हो राज्यको अनुहारको । यो नतिजाअनुसार तपाईँहरुले कुनै मधेशी सीडीओहरु पाउनुहुने छैन । त्यसैले अहिलेको जस्तो ७५ वटा जिल्लाहरु नै रहने हो भने पाँच वर्षपछि यिनीहरुमध्ये नै सीडीओ हुन्छन्, सचिव हुन्छन्, क्षेत्रीय प्रशासक हुन्छन् । यसरी २०-२८ प्रतिशत जनसंख्याको नियन्त्रण पूरैराज्यमा छ । बाँकीचाँहि समाजमा मात्र बसेका छन् र राज्यको उपस्थितिको प्रत्याभूति नै पाएका छैनन् । यस्तो अवस्थामा सम्बन्ध कसरी सुधि्रन सक्छ ? यो निकै चिन्ताको विषय हो । यस विषयमा छलफल गर्नुअगाडि यो समस्या हो भन्ने कुरा स्वीकार गर्नैपर्छ । यो समस्या नै होइन भनियो भने त्यो गलत हुन जान्छ ।यसरी कुरा राख्दा विखण्डनको कुरा ल्यायो, दुर्भाव बढायो, सद्भाव विगार्यो भनिन्छ । तर, यो वाहियात कुरा हो । यस्तो कुराले सद्भाव बिगि्रँदैन । त्यसैले यहाँहरुले आफूलाई लागेको कुरा स्पष्ट शब्दमा भन्नुभयो भने त्यसले समाजलाई र राज्यलाई अन्ततः बलियो बनाउँछ ।
दर्शनशास्त्री नित्सेले भन्थे- ‘जुन बिषले तिमीलाई मार्दैन, त्यो बिषले तिमीलाई बलियो बनाउँछ ।’ त्यसैले बिषै ओकल्नुपर्यो भने पनि मनमा केही नराखेर स्पष्टसँग राख्नुभयो भने मात्रै यो कार्यक्रमको उद्देश्य हासिल हुन्छ ।हजार साल नभए पनि नेपालको मधेशमा अढाई सय साल त भयो । त्यसैले यो आगो भड्काउने कुरा होइन । यो मनन गर्ने कुरा हो । जहाँ समाज र राज्यको सम्बन्धको अन्तरक्रिया हुन्छ, त्यहाँ कठिनाई हुन्छ । तपाईँको भावना, प्रतिक्रिया र अनुभव सुनाउनुभयो भने त्यसबाट सबैलाई फाइदै हुन्छ ।अहिले राज्य-संयन्त्र र समाजबीच जुन बैमनस्यताको भाव छ, त्यसलाई कसरी कम गर्ने भन्नेतर्फ जाँदा पहिले त विवाद हुन्छ । विवाद नभईकन कुनै समझदारी आउला, समझदारी आएपछि अलिकति सद्भाव पनि बढ्ला अनि सामञ्जस्य स्थापित होला भन्ने आशा हो । अहिले यो कुरै नगरौँ भन्ने हो भने त वैमनस्यता झन् बढ्दै जान्छ । यो बिषवृक्ष भएपछि यसलाई राक्नै सकिँदैन ।
फिजीकरणको नामममा तपाईँ हामीलाई नागरिकता नदिने भन्लान् । के देशलाई फिजीकरण गर्न लागेको हो ? भनेर प्रश्न गर्नेलाई मुखभरीको जवाफ दिनुहोस् । आफूले गल्ती गरेको जस्तो सुनेर मात्र छोड्नुभयो भने कहीँ कतै स्थान पाउनुहुने छैन । हामीले भन्नुपर्छ, ‘के को फिजीकरण ? मधेशको फिजीकरण पहिले नै गरिसकियो ।’ फिजीमा साम्राज्यवादीहरुले उखु खेतिका लागि त्यहाँका स्थानीयहरुलाई पत्याएका थिएनन् । त्यहाँ भारत र नेपालबाट मजदुरहरु लैजाने कुरा भयो । भन्ने बेलामा भारतीय भनिन्छ तर त्यहाँ नेपालीहरु पनि थिए । ती मधेशी मूलका थिए । त्यसपछि उनीहरुले त्यहाँको नागरिकता पाए । स्वाभाविक छ, पुस्तौँ पुस्तादेखि बसेपछि नागरिकता पाइन्छ । त्यहाँ नेपालबाट गएका एक जना बहादुर मन्त्री पनि छन् । फिजीमा स्थानीयहरुलाई सेनासम्ममा राखियो । बेलायती उपनिवेश हुँदा पनि त्यहाँको सेनामा स्थानीय मान्छे हुन्थे । त्यहाँको प्रशासनमा पनि स्थानीय मानिस नै हुन्थे । मधेशमा त यस्तो फिजीकरण भयो कि मधेशमा पहाडीयाहरुलाई ल्याएर बसाइयो तर मधेशीलाई न त सेनामा राखियो, न त प्रशासनमै ।पहाडबाट मधेशमा मान्छे सारियो, यहाँका मान्छेलाई दास बनाइयो र उल्टै फिजीकरणको कुरा गरियो । हाम्रो फिजीकरण यत्रो वर्षदेखि हुँदा कसैले केही पनि नबोल्ने र हामीलाई नै फिजीकरणको कुरा सुनाउने ? त्यसरी नै लिम्बुवानको पनि फिजीकरण भएको हो । त्यहाँ पनि नेपाली भाषीलाई सारियो । लिम्बुहरुको राज्य खोसियो, जग्गा खोसियो र भनियो-’तिमीहरुलाई हामी भाडाका सिपाहीमा मात्र राख्छौँ ।’ लिम्बुवानको फिजीकरण भएको छ, मिथिलाको भएको छ, तमुवानको भएको छ । यी सबै फिजीकरणतिर लैजाने हो भने समाज विध्वंश हुन सक्छ । हामी अब सकारात्मक भएर सभ्य समाज निर्माण गरौं ।अहिले असन्तोष छ । यो असन्तोषलाई कम गर्न सकेनौं भने समाजको असन्तुष्टि बढदै जान्छ र उसले राज्य किन चाहिन्छ भन्ने कुराको अर्थ खोज्न थाल्छ । कसैले कृपा गरेर हुने सम्बन्ध स्वीकार्य हुँदैन र यो उपनिवेश कायम रहेको काल पनि होइन । राज्यको आधुनिक अवधारणा नै नेपालको राज्यले स्वीकार गरेको छैन ।
यसको सम्बोधन पनि तीन तरिकाबाट नै हुनसक्छ । पहिले, जस्तो चल्दैछ त्यस्तै चल्न दिनुस् र तपाईँ आत्मसमर्पण गरिदिनुस् । दोस्रो, समावेशी र संघीयताको लागि तपाईँ संघर्ष गर्नुस् । तेस्रो, राज्यले तपाईँलाई पूर्ण रुपले दमन गर्न सक्छ । चौथो त बाटै छैन । यी तीनवटै बाटोले भएन भने चौथो बाटो भनेको विखण्डन हो ।दोस्रो विश्वयुद्ध सन् १९४७ सम्म संसारमा ४०-५० वटा मात्र देशहरु थिए । अहिले २०७-२०८ जति छन् । ती नयाँ देशहरु आकाशबाट झरेका होइनन्, तिनीहरु पनि टुक्रिएर बनेका देशहरु हुन् । ती बढेका राष्ट्रहरु टुटेर बनेका हुन् । पूर्वी टिमोर कपिलबस्तु भन्दा कम जनसंख्या भएको देश हो । तुभालुको जनसंख्या मेरो गाउँको भन्दा कम छ । यस्ता देशहरु पनि छन् । सिक्किम आज छैन, हैदरावाद पनि छैन । दक्षिण सुडान आयो । पूर्वी टिमोर आयो । यसरी नयाँ देश आउँछन्, पुराना जान्छन् ।
-राजनीतिक विश्लेषक सीके लालको यो लेख मधेश फाउण्डेशनद्वारा प्रकाशित मधेश मन्थन पुस्तकबाट साभार गरिएको हो । राज्य-समाज सम्बन्धका आधार शीर्षकमा प्रकाशित

No comments:
Post a Comment