असार १६ - भारतसँग जोडिएको मोरङ र सुनसरीका अधिकांश क्षेत्रमा दसगजा पहिचान गर्न मुस्किल छ । बाक्लो बस्ती बसेको छ । कतिपय स्थानका सीमा स्तम्भ बेपत्ता छन् भने कति क्षतिग्रस्त बनेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को तथ्यांकमा ३१ सीमा स्तम्भ बेपत्ता र २३ स्तम्भ क्षतिग्रस्त छन् । एसएसबीकै तथ्यांकअनुसार भारतर्फ १४ हजार ७ सय ८५ र नेपालतर्फ १३ हजार ९ सय २२ वर्गमिटर दसगजा क्षेत्र अतिक्रमण गरेर बस्ती बसेको छ ।
मोरङ र सुनसरीमा मुख्य र सहायक गरी २ सय ४४ वटा सीमा स्तम्भ छन् ।मोरङ र सुनसरीमा दुई दर्जन सीमा स्तम्भ बेपत्ता र त्यति नै क्षतिग्रस्त छन् । मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले त्यसको सबै प्रतिवेदन गृह मन्त्रालय पठाएको बताए । पुनर्निर्माण र मर्मतका लागि केही आदेश नआएको उनले जनाए ।सिमा स्तम्भ र दसगजा क्षेत्रको स्थलगत अध्ययन रिपोर्ट गृह मन्त्रालयलाई पठाएका छौं,' कार्कीले भने, 'दुवै मुलुकका गृह सचिवस्तरीय बैठकले दसगजा अतिक्रमण हटाउने, हराएका सीमा स्तम्भ पुनर्निर्माण गर्ने र मर्मत गर्ने निर्णय गर्ने परम्परा छ ।''
मधुबनी, जोगवनी, आमगाछी, सिक्टी, डुवाटोली, पत्थरदेवा, तेलीयारीलगायत स्थानमा दसगजा क्षेत्र छुट्याउनै गाह्रो छ,' एसएसबी बथनाहा ५६ औ बटालियनका कमान्डर भागसिंह डोगराले भने, 'त्यहाँ न सिमा स्तम्भ छन् न त दसगजाको भूभाग खाली छ ।' त्यस क्षेत्रमा नेपाल र भारततर्फ २८ हजार ७ सय ७ वर्गमिटर दसगजा क्षेत्र अतिक्राण गरेर बस्ती बसेको छ ।
No comments:
Post a Comment