असार १०- नेपाली छोरी तेरिया फौजा मगरले डीआईडी लिटिल मास्टर्स ३ को उपाधी जितेकी छन् । शनिबार राति भएको ग्रान्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो ।
५ महिनादेखि भारतको जी टिभीमा जारी रियालिटी शोको अन्तिम प्रस्तुति शनिबार राति भएको हो । रुपन्देही रुद्रपुरकी १२ वर्षीय तेरियाले भारत कोलकाताकी ८ बर्षीय अनुस्का क्षेत्री, भारत बैंगलोरका १० वर्षीय सद्विन सेट्टी र मुम्बईका १२ वर्षीय हादिक रुपारेललाई पछि पार्दै उपाधी जितेकी हुन् ।दर्शकबाट प्राप्त मतको आधारमा तेरियालाई विजयी घोषणा गरिएको हो ।
उपाधिसँगै उनले ५० लाख नगद र कार पुरस्कार स्वरुप पाउनेछिन् ।
प्रतियोगिताका लागि १४ वर्षमुनिका करिब ४ लाखले आवेदन दिएका थिए, जसमध्ये ४० हजार छनोट भै विभिन्न चरणका प्रतिस्पर्धापश्चात् १७ जना भोटिङ राउन्डमा पुगेका थिए।

No comments:
Post a Comment