Monday, June 23, 2014

इराकमा बिचलित नेपालीहरु बढ्दो

१० असार  - इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिटमा १२ दिनदेखि फसेका ३ नेपाली कामदार सुरक्षाको खोजी गर्ने क्रममा नजिकको एक अस्पतालमा पुगेका छन् । उनीहरु अस्पतालको एउटा कन्टेनरमा लुकेर बसिरहेका छन् । कन्टेनरमा थप २७ जना बंगली रहेका छन् ।राजधानी बग्दादबाट एकसय ४० किलोमिटर उत्तरस्थित टिक्रिटस्थित टिक्रिट टिचिङ अस्पतालमा पुगेका हुन् । कानेपोखरी-९, मोरङका ३८ बर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ बर्षीय प्रेस गिरी, घोरही ठाकुर-९ का टोपबहादुर बस्नेत फसेका छन् ।'अरुसँग सम्र्पक गर्न सकिन्छ भनेर लुक्दै छिप्दै टिचिङ अस्पतालमा आइपुग्यौं । यो अस्पतालमा काम गर्ने डाक्टर, नर्स र अरु स्टाफहरुलाई बिद्रोही लडाकुको नियन्त्रणमा रहेछ', बस्नेतले कान्तिपुरलाई फोनमा भने,'उनीहरुलाई ताल्चा राखेर भित्रै थुनिदिएको छ । हामी भने बाहिरको कन्टेनरमा बसेका छौं ।'बस्नेतले सुरक्षाको लागि आउँदा झन अप्ठयारोमा परेको बताए । 'ती थुनिएकाहरु भारतीय, पाकिस्तानी र बंगालीहरु छन् । सायद हामी नजिकै होटलमा काम गर्ने ६ जना नेपाली पनि त्यही अस्पतालभित्र छन् जस्तो छ', बस्नेतले भने,'ती ६ जना नेपाली हाम्रो सम्र्पकमा छैनन् ।'   पूर्व इराकी शासक सद्दाम हुसेनको जन्मस्थान रहेको टिक्रिटमा फसेका नेपालीहरुले आफुहरु निकै चिन्तित रहेको बताए । 'अब के हुन्छ थाहा छैन', गिरीले भने,'छिटो उद्धार भइएला कि भनेर अस्पतालमा आइयो । यो पूरैै बिद्रोही नियन्त्रणमा रहेछ ।

'यसअघि उनीहरु एक इराकीले छाडेर गएको घरमा ११ दिनदेखि लुकेर बस्दै आएका थिए । टिक्रिटको मन्त्रालयमा बिद्युतीय मजदुरको रुपमा काम गर्दै आएका थिए । उनीहरु काम गर्ने भवन बिद्रोहीको बमले ध्वस्त भएसँगै राहदानी पनि जलेर नष्ट भएको छ ।उनीहरुले छिटोभन्दा छिटो उद्धार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । 'हामीलाई तुरुन्तै उद्धार चाहन्छौं', गिरीले भने,'दुताबासबाट फोन आइरहेको छ । हामी सक्दो सहयोग गर्छु भनिरहेको छ । तर, कसरी उद्धार भइन्छ भन्ने थाहा भएको छैन ।'इराकको जिम्मेवारी पाइरहेको पाकिस्थानस्थित राजदुत भरतराज पौड्यालले फसेका नेपालीलाई उद्धारको लागि अन्तराष्ट्रिय मानव अधिकारवादी संस्थाहरुलाई आग्रह गरिसकेको बताए । 'त्यहाँ सरकारी उपस्थीति नभएकोले हामीले आइओएम लगायत सस्थाहरुलाई आग्रह गरेका छौं', उनले कान्तिपुरलाई बताए ।फसेका नेपालीले बंगालीहरुको उद्धारको लागि बंगली सरकारले पनि प्रयास गरिरहेको बताए । 'हाम्रो सरकारले बंगाली सरकारसँग समुन्वय गरेर उनीहरुसँगै उद्धार गर्न हामी अनुरोध गर्दछौं', बस्नेतले भने । उनीहरुले खाना, पानीको लागि अहिलेसम्म समस्या भने नभएको बताए ।

त्यसैगरी इराकको र्किकृकबाट ७३ किमोमिटर दक्षिणमा पर्ने सुदहुर्मादीमा काम गर्ने पाँच जना नेपाली कामदारले आफुहरुलाई उद्धार गर्न अपिल गरेका छन् । एउटा स्टोरमा काम गर्ने उनीहरु बजारमा सामानहरु बिक्री गर्ने काम गर्छन् ।नुवाकोटका राजुबहादुर आले मगर, म्याग्दीका ओमप्रसाद पुन, रुपन्द्रेहीका देबदहका नारायण राउत क्षेत्री, इन्द्रप्रसाद धिताल र रामप्रसाद खरेलले आफहरु स्वदेश फिर्न चाहेको बताए । 'यहाँ के हुन्छ भन्ने यकिन छैन् । अलि अघि नजिकै आत्मघाती बमहरु बिस्फोट हुने गथ्र्यो', दुई लाख ५० हजार तिरेर ७ महिना आएका खरेलले कान्तिपुरलाई भने,'हामीलाई यहाँ एकछिन बस्न मन छैन ।'उनीहरुले आफुहरुलाई घर पठाइदिन आग्रह गरेपनि मालिकले नआत्तिन आग्रह गरेका छन् । 'त्यस्तो केही हँदैन । लडाई चर्केमा आफै स्वदेश पठाइदिन्छ भनेर मालिकले भनेका छन्', उनले भने,'तर, स्थिति सामान्य होला जस्तो छैन् । हामी बाहिर घुमेर काम गर्न पर्छ । वरिपरि अरु नेपाली छैन् । जसरी भए पनि स्वदेश फिर्न चाहन्छौं ।'राजदुत भरतराज पौड्यालले आफुहरुलाई सम्र्पक गरी त्यहाँबाट निस्कन सुझाब दिएको खरेलले बताए । ती कामदारले त्यहाँ मासिक ५ सय डलरमा काम गर्दै आएका हुन् ।त्यस्तै बिद्रोहीको नियन्त्रणबाट ३ दिनपछि मुक्त भएका नेपाली अझै घर फिर्न सकेका छैन् । उनीहरु क्रिक्रुटको एउटा होटलमा बस्दै आएका छन् । मुक्त हुनेमा रामेछापस्थित सुकाजौर गाविसका ३२ बर्ष बिष्णु बस्नेत, धनकुटास्थित खुवाथोक गाविसका ४४ बषिर्य इन्द्रकुमार लिम्बु, धनुकुटा मुडेबासका २४ बषिर्य सुबास नेवाङ, दाङ लमहीका अनिल चौधरी रहेका छन् ।बग्दादबाट दुई घण्टा टाढा रहेको अलदोरबाट सुरक्षीत स्थान सुलेमानिया जानेक्रममा आलदौराकै भन्नेको अन्तिम सिमानाबाट अलकाइदा भन्ने समुहबाट चार जना नेपाली सहित ४५ जना विदेशी कामदार अपहरणमा परेका थिए । इराकको एटिके कन्ट्रक्सन कम्पनीमा कार्यरत छन् । त्यसमा झन्डै दुई सय नेपाली कार्यरत छन् । 'हामीलाई पठाउन अझै समय लाग्छ जस्तो छ', क्रिकुटबाट सम्र्पकमा अएका बस्नेतले भने,'बग्दादका साथीहरुलाई पठाएपछि हामीलाई पठाउने भनेका छन् ।'

No comments:

Post a Comment