Wednesday, June 18, 2014

८५ वर्षेको किरात शसि मुन्धुम बजारमा



सुनसरी बराहक्षेत्रका ८५ वर्षका लेखक पूर्णबहादुर राईको
किरात शसि ग्रन्थ आइतबार सार्वजनिक भएको छ। धरानमा ग्रन्थको एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो. 

अग्रज पत्रकार हर्ष सुब्बा, किरात राई यायोक्खाका सुनसरी अध्यक्ष शुभचन्द्र राई र लेखक स्वंयमले लोकापर्ण गरे। ४५ पृष्ठमा संरचित पुस्तकमा १८ वटा लेख रचना तथा कथाहरु समावेश छन्। पुस्तकमा खम्बुवान सभ्यता, किरात ग्रन्थ, पाण्डव साम्राज्य, किरात वंशावली, विजयपुरे, बुढासुब्बा, साकेला लगायतका लेख रचना समावेश भएको लेखक राईले बताए।  लामो समयदेखि कविता, कथा गीतहरु लेख्दै आएका राईले कक्षा ८ सम्म अध्ययन गरेका छन्। धेरै वर्षको अध्ययन पश्चात उनले पुस्तक प्रकाशन गरेको बताए। पुस्तकमा किरातसँग सम्बन्धित कुराहरुलाई समावेश गरिएको छ।

 पुस्तकमा सत्ययुगदेखि कलियुगसम्मका किरातहरुका इतिहास र घटनाहरुको आधारमा तयार पारिएको लेखक राईले बताए।  पुस्तकको मूल्य ७५ रुपैया तोकिएको छ भने प्रकाशन कान्छी छोरी रत्ना राईले गरेकी छिन्।

पुस्तक लोकापर्ण गर्दै पत्रकार सुब्बा र किरायाका अध्यक्ष राईले धर्मकर्म गर्ने उमेरमा पुस्तक प्रकाशन गर्नु चानचुने कुरा नभएको बताउँदै ग्रन्थमा राखिएका विषयवस्तुको उठान उत्कृष्ट भएको बताए। 

No comments:

Post a Comment