Thursday, June 19, 2014

केपिनै अध्यक्ष- इश्वर पोख्रेल।

कञ्चनपुर, असार ५ - नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सत्ता साझेदार काँग्रेससित सरकार सञ्चालनमा केही विमति देखिए पनि लोकतान्त्रिक संविधान नबन्दासम्म साझेदारी सम्बन्ध कायम रहने बताएका छन् ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज प्रेस चौतारी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नवौँ महाधिवेशनमा नेतृत्वका आकाङ्क्षी माधवकुमार नेपाललाई पद बिनाको शक्तिशाली नेता बनाउन चाहेको बताए ।उनले माधव नेपालले लामो समय पार्टी नेतृृत्व हाँकेकाले उनी सम्मानपूर्वक बस्नुपर्ने बतए । ‘उनलाई सम्मानका लागि पद बिनाको शक्तिशाली नेता भएको हेर्न चाहन्छौँ,’ उनले भने ।पार्टीका वरिष्ठ नेता भएकाले योग्यता र क्षमताका आधारमा भन्दा पनि लामो समय पार्टी नेतृत्व गरिसकेकाले उहाँले आफ्नो सम्मानका लागि नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

एमालेको आठौँ महाधिवेशनमा वरिष्ठ नेता नेपालले केपी ओलीलाई नै सघाएकाले नवाँै महाधिवेशनबाट ओलीको नेतृत्वमा सर्वसम्मत हुने नेता पोखरेलको दाबी थियो । एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमा जोड दिएकाले नेतृत्व हस्तान्तरण सहमतिमै हुनसक्ने धारणा उनले व्यक्त गरे । रासस

No comments:

Post a Comment