Monday, June 23, 2014

लज्जास्पत हारपछी केपी समुह ओर्लिए भौतिक आक्रमणमा

एमालेको नवौं महाधिवेशनका प्रतिनिधी छनौटको प्रारम्भिक परिणाममा निक्कै पछाडी परेपछि अध्यक्षका प्रत्यासी केपी ओली समूहले अर्को समूहमाथि भौतिक आक्रमण गर्ने,मतदाता नामावलीवाट अर्को समूहका सदस्यको नामै छुटाउने जस्ता हर्कत देशभर शुरु गरेको छ ।यस्ता गतिविधीमा सरकारका मन्त्रीहरुको समेत संलग्नता देखिएको बताईन्छ ।

सेती– काठमाडौं सम्पर्क कमिटीको प्रतिनिधी चयनको काम भईरहेका बेला उद्योग मन्त्री कर्ण बहादुर थापाको निर्देशनमा गएको टोलीले अर्का पक्षका कार्यकर्तामाथि कुटपिट गरेका थिए । यस्तै कार्यशैलीका कारणपटक पटक विवादमा आईरहने विद्यार्थी नेता ऐनबहादुर महर, प्रयाग खड्का लगायतकोे नेतृत्वमा गएको टोलीले कुटपिट गरेको थियो ।

त्यहाँ प्रतिनिधी छनौटको काम स्थगित गरिएको छ । त्यस्तै डोल्पामा सांसद धनबहादुर बुुढाको नेतृत्वको समूह प्रतिनिधी चयनका लागि भईरहेको बैठकमै आक्रमण उत्रेको थियो । सुर्खेतमा पनि ओली पक्ष भौतिक आक्रमणमा उत्रेको थाहा भएको छ । कास्कीमा योजनाबद्ध ढंगले नेपाल पक्षका ८ जना सदस्यको नाम छुटाईए पछि त्यहाँ पनि विवाद उत्पन्न भएको छ

No comments:

Post a Comment