उडिरहेको बिमान माथि आक्रमण
असार १२ - पाकिस्तानकोे उत्तर-पश्चिम द्वन्द्वग्रस्त पेसावरमा मंगलबार अबेर राति अवतरण गर्न लागेको विमानमा गोली प्रहार भएको छ । साउदी अरबको रियादबाट आएको पाकिस्तान इन्टरनेसनल एयरलान्यस (पीआईए) को विमानमा भएको आक्रमणमा एक महिला यात्रुको मृत्यु भएको छ । विमानका दुई कर्मचारी घाइते भएका छन् । १ सय ७८ यात्रु सवार थिए ।विमान जमिनबाट सय मिटर उचाइमा रहेको बेला गोली हानिएको थियो । विमानस्थल बाहिरबाट अज्ञात समूहले आठपटक गोली हानेको अधिकारीहरूले भनेका छन् । क्याप्टेनको नजिकबाट एक गोली गएको प्रहरीले जनाएको छ । यस्तो विषम परिस्थितिमा पनि चालकले धैर्य र हिम्मतका साथ विमानलाई सकुशल अवतरण गराएर ठूलो दुर्घटनाबाट बचाएक थिए । सुरक्षा अधिकारीहरूले ती बन्धुकधारीको खोज गरिरहेको बीबीसीले जनाएको छ।

No comments:
Post a Comment