लिम्बुवानलागी युद्ध गर्दैनौ तर लडीरहन्छौ :- लिङ्देन
धर्मेन्द्र वास्तु
धरान, असार ८ - पुर्वमा चुनाव बाहिस्कार,
फोटो शहितको नामावलीको बिरोध जस्ता बिभिन्न गतिबिदी गर्दै आई रहेको कुमार लिङ्देन नेत्रित्वको
मञ्च सम्बद्ध संघिय लिम्बुवान राज्य परिषदले हिजो असार ७ गते मोरङको इटहरी देखी सुनसरी धरानको भानुचोक सम्म नारा जुलुस गर्दै मार्चपास गरेको छ।
भानुचोकमा भएको कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने "लिम्बुवान बिनाको संबिधान जारी गर्ने षड्यन्त्र हुँदैछ। लिम्बुवान बिनाको संबिधान जारी भए आधिवेरी आउनेछ।" लिम्बुवानको लागि युद्ध गर्दैनौ तर लिम्बुवान प्राप्तिको लागि शान्तिपूर्ण आन्दोलन गर्नबाट भागदैनौ लिङ्देनले थपे । अरुण पुर्वको नौ जिल्लालाई एतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान स्वायत्ता गणराज्य घोषणा हुनुपर्ने दाबी गर्दैआएको मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषदले पटक-पटक यस्ता मार्चपास गर्दै आएको छ।
कोणसभामा बोल्दै संगठनका महासचिब खगेन्द्र माखिमले गत मंशिर चारको चुनाव बिदेशिको ईशारामाभएको आरोप लगाए र, चुनाव बाहिस्कार गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुटो मुद्धा लगाएर थुनामा राखेको भन्दै तुरुन्त बिना सर्त रिहा गर्न आग्रह गरे।
No comments:
Post a Comment