Thursday, June 19, 2014

भारतले सुन्नीलाई सिद्धाउन ३००० युवा इराक पठाउदै । 



इराकमा जारी संकटलाई लिएर भारतले तीन हजार युवा सुन्नी मुसलमान विरुद्धको संघर्षमा पठाउने भएको छ ।हिन्दूअतिवादी भाजपाका नेता सुब्रमणयम स्वामीले विश्वस्तरमा शिया र सुन्नी मुसलमानबीच संघर्षको संकेत देखिएकोले एक पक्षलाई साथ दिनु जरुरी रहेको भन्दै शिया मुसलमानहरुलाई साथ दिने संकेत गरेका हुन् ।

यस्तै भारतबाट तीन हजार शिया युवाहरु इराकमा सुन्नी विरुद्धको युद्धमा सामेल हुन जाने तयारीमा बसेकाछन् । शिया मुसलमानहरु हिन्दूहरुप्रति उदार रहेको बताउँदै उनले सुन्नीविरुद्ध लड्ने संकेत गरेका हुन् ।भारतका दर्जनौ नागरिकहरुलाई इराकी विद्रोहीले अपहरण गरेको चर्चा चलिरहँदा भारतबाट ३ हजार युवा इराक पठाउँने समाचार बाहिर आएको हो । इराकलाई अहिले मद्दत गर्नुपर्ने भन्दै उनले इराकको अहिलेको मुद्धामा कुनै नीति नभएपनि बनाउनुपर्ने बताए

।उनले बगदाद पठाउँनका लागि जहाज तयारी हालतमा राखेपनि एयरपोर्ट अहिले पनि अमेरिकी सेनाको नियन्त्रणमा रहेको उल्लेख गरे ।

पकिस्तानमा श्रीलंकाका तमिल मुसलमानहरुले टे«निङ दिइरहेको आरोप लगाउँदै उनले यो खतरनाक भएको बताएका छन् ।इराकको पवित्र शहर कर्बला र नजफको विषयलाई दिएर चिन्ता व्यक्त गरिएको छ । शिया मुसलमानहरुले इराकमा गरिरहेको अत्याचारका विरुद्ध जन्तर–मन्तरमा प्रदर्शन समेत भएको थियो । एजेन्सी 

No comments:

Post a Comment