Tuesday, August 5, 2014

माघ ७ गते भन्दा अघिनै लिम्बुवान घोषणा भन्दै बिजयपुरको कसम खाए एकीकृत लिम्बुवानले


भेडेटारबाट जन्मियो नयाँ लिम्बुवान पार्टी :

●माघ ७ गतेनै लिम्बुवान घोषणा गराउने

पूर्वी नेपालमा सक्रिय पाँचवटा लिम्बुजन्य संगठनवीच एकता भई ‘संघीय लिम्बुवान पार्टी नेपाल’ गठन गरिएको छ । धनकुटाको भेडेटारमा दुईदिनसम्म चलेको आवासीय वार्तापछि नयाँ पार्टी गठन भएको छ।

नयाँ पार्टीमा कुमार लिङदेनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद , सञ्जुहाङ पालुङवाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषद, वीर नेम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकै ठाउँमा मिसिएका छन् ।

एकीकृत पार्टीको अध्यक्ष कुमार लिङदेन बनेका छन् । वीर नेम्वाङलाई सर्वमान्य नेता घोषणा गरिएको छ भने सञ्जुहाङ पालुङवालाई बरिष्ठ नेता बनाइएको छ । महासचिवमा सूर्य माखिमको नाममा सहमति गरिएको छ । छाराहाङ र कुरुम्बाङ बरिष्ठ केन्द्रीय सदस्य बन्ने भएका छन् ।

बिभिन्न कालखण्डमा बिभिन्न प्रक्रियाबाट बिभाजित भएका लिम्बुवानजन्य संगठन पुनः एकीकरणका लागि आइतबार र सोमबार धनकुटाको पर्यटकीय गाउँ भडेटारमा आवासीयरुपमा छलफलमा जुटेका थिए । वार्ताको सहजकर्ताका रुपमा पत्रकार भवानी बराल , बुद्धिजीवी डा. चन्द्रकुमार शेर्मा, डा. कृष्ण भट्टचन, कमल तिगेला र मञ्जुल याक्थुङवा सहभागी थिए ।

 पाँच लिम्बुवानजन्य संगठनहरु एक भए पनि लोकतान्त्रिक दृष्टिकोण लिने कि साम्यवादी विश्वदृष्टिकोण लिने भन्ने बारेमा अझै मिलेको छैन ।
तर, एक वर्षभित्र महाधिवेशन गरेर अस्पष्टताहरु समाधान गर्ने सहमति भएकाले यसलाई सकारात्मक कदम मान्नुपर्ने सहजकर्ता तथा पत्रकार भवानी  बराल बताउछन।

माघ ७ गतेनै लिम्बुवान घोषणा

सरकारले माघ सात गते संबिधान जारी गरेर छाड़ने उदघोष गरेपछि निक्कै तात्तिएका लिम्बुवानजन्य संगठनहरुले बृहत एकता हुने बित्तिकै चुनौती स्वरुप माघ ७ गते भित्रनै लिम्बुवान घोषणा गराउने गरिको आन्दोलनको आधिवेरी सिर्जना गर्नेमा एकजुट भएका छन। हामी कसैलाई हराउन एकजुट भएका होईनौ,आफ्नो स्वायत्त अधिकार प्राप्तिका लागी एकजुट भएका हौ एकता वार्तामा उपस्तिथ एक नेताले बताए ।

विजयपुरको माटो छुवाएर कसम खुवाइयो

पार्टी एकतापछि लिम्बु संस्कृतिविद् डा. भन्द्र कुमार शेर्माले तामाको मानामा विजयपुरको माटो छुवाएर नेताहरुलाई सपथ खुवाएका थिए । धरानमा रहेको विजयपुर डाडाँको माटो १४ भेडेटारमा लगिएको थियो । माटो छुने नेताहरुलाई शेमाएले लिम्बु मन्त्रोच्चारण गरेका थिए ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व विजयपुरमा १८२६ सम्म सेन बंशको उपनिवेश थियो।  आपुङ्गी राजाको भग्नावशेष रहेको विजयपुरमा बुढा सुब्बाको मन्दिरसमेत छ, १८२६ देखि १८३१ सम्म सेन बंसलाई परास्त गरी सासन गरेका बुद्धिकर्ण रायको चिहान नै आजको बुढासुब्बा हो भन्ने किमदन्ति कथामा पाईन्छ । लिम्बुहरुले विजयपुरलाई ऐतिहासिक एवं सांस्कृतिक महत्वको स्थल मान्ने गरेकाले त्यहाँको माटो छुवाएर नेताहरुलाई कसम खुवाइएको स्रोतले  बतायो ।

Monday, August 4, 2014

बृहत लिम्बुवान एकताको वार्ता सकारात्मक तिर उन्मुख


दमक ,साउन २० -२ दिन देखि बहृत लिम्बुवान एकताको लागी भेडेटारमा भईरहेको छलफलले आज रातको पौने २ बजे वार्ताले अन्ततः एकता प्रकृयालाई अगाडि बढाउन सहमति तिर पुगेको खबर प्राप्त भएको छ ।

 कुमार लिङ्देन मिराकले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, सञ्जुहाङ्को संघीय लिम्बुवान राज्य परिषद, वीर नेम्बाङ्को लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङको संघीय गणतान्त्रिक मोर्चा बिच एकता भएको हो । विगत केही महिना देखि निरन्तर छलफल, वार्ता र बहस चलिरहेको लिम्बुवान एकता वार्ताले आज मात्रै अन्तिम रुप दिएको छ।

आज दिउँसो १२ बजे भेडेटारमा पत्रकार सम्मेलन गरेर एकताका सम्पूर्ण विषयहरु प्रस्तुत गरिने वताईएको छ । सम्पूर्ण पत्रकारहरुलाई सो स्थानमा उपस्थितिको लागि लिम्बुवानजन्य संगठनले सामूहिक अनुरोध गरेको छ ।

अगष्ट ८ मै कतारले २० औं विश्व आदिवासी दिवस मानाउँदै


कतारमा २० औ बिश्व  आदिवासी दिवस मनाईने

दोहा,4 अगष्ट - नेपाल आदिवासी जनजाति महासंघ कतारले "समानता कायम गर्दै आदिवासी जनजाति अधिकार कार्यन्यन गर।आदिवासी जनाजातिको अडान, पहिचान सहितको संघीय संबिधान"भन्ने मुल नाराको साथ २० औं विश्व आदिवासी दिवस मनाउने भएको छ।बिश्व भरीका आदिवासीहरुले प्रतेक वर्षको अगष्ट ९ तारिक मनाईने यो पर्व प्रवास कतारमा रहेका नेपाली आदिवासीहरुले समयानुकूल मनाउदै आएका छन।

 महासंघ कतारले २० औं आदिवासी दिवस अगष्ट ८ शुक्रवार कतारको राजधानी दोहा नजिकै होलीडे भिल्लामा दिनको १२ बजे देखि शुचारु गरिने कुरा महासंघ कतारका महासचिव देवराज राई"मुपुचाले" जानकारी दिनुभयो।राईले गत जुलाई २५ मा छनोट भएका मातृभाषा , नेपाली भाषाका कविता र  नेपाली आदिवासिका बिभिन्न सांस्कृतिक झाँकीसाथ मनाउन लागिएको भन्दै कतारको बिभिन्न क्षेत्रमा रहेर बसेका आदिवासी जनाजातिलाई कार्यक्रममा सहभागी बन्न अपील गर्नु भएको छ।

Sunday, August 3, 2014

लिम्बुवान एकता वार्ता आज पनि जारी

लिम्बुवान एकता बार्ता आज पनि जारी 

दिल कुमार लावती

दमक,१८धनकुटा भेडेटारमा हिजो साउन १७ देखि शुरु भएको दुई दिने लिम्बुवान एकता वार्ता आजपनि जारी रहेको छ । 
हिजो देखि शुरु भएको एकता वार्तालाई सहजीकरण गर्न बनेको संवाद समिति लगायत लिम्बुवानका बुद्धिजिवीहरुको उपस्थितिमा वार्ता भईरहेको खबर प्राप्त भएको छ । सो लिम्बुवान एकता वार्तामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराक, लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष वीर नेम्बाङ, संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका अध्यक्ष कमल छाराहाङ् र लिम्बुवान मुक्ति मोर्चा नेपालका अध्यक्ष रामभक्त कुरुम्बाङ्ले आ–आफ्नो संगठनहरुको नेतृत्व गरिरहेको जानकारी प्राप्त भएको छ । त्यसै गरी सो वार्तामा पल्लो किरात लिम्बुवान राष्ट्रिय मञ्च भने सामेल नभएको खबर छ । सबै संगठनहरुले आ आफ्नो धारणाहरु राख्ने काम भईरहेको जानकारी प्राप्त भएको छ । सो वार्तामा संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी बस्ने नबस्ने टुंगो नलागेतापनि उनीहरु सो वार्तामा सरिक भएको वताईएको छ ।
सो वार्ताले सही निकास दिने नदिने भन्ने बारेमा चाहि आज बेलुका सम्म कुनै पर्ने मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अर्थ सचिव सुरेन्द्र लिम्बु नेनामले जानकारी दिनुभएको छ । 

यसरी गरे प्रधानमन्त्री कोईरलाले देशकै बेईज्जत(फोटो फिचर सहित)


मोदीको अगाडि नेपालकै बेइज्जत गरे सुशीलले


modi 1
मोदी आउँदा बिहान १० बजेर ५० मिनेट गएको थियो ।काठमाण्डु, १८ साउन– प्रधानमन्त्री सुशील कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए । कोइराला मोदी आउनुभन्दा झण्डै एक घण्टाअघि विमानस्थल पुगेका थिए ।
उनले मोदीलाई पुष्पगुच्छाले स्वागत गरे । पुष्प गुच्छाको टुप्पो मोदीतिर फर्काउनुपर्नेमा आफैंतिर फर्काए । मोदीलाई दिनुपर्ने पुष्पगुच्छा निकैबेर आफ्नै हातमा राखिरहे ।
मोदी आफूतिर पुष्पगुच्छा तान्न खोज्थे तर कोइरालाले छाड्दै छाडेनन् । केहीबेर यो क्रम चलेपछि मोदी आफैंले तानेर सहयोगीलाई पुष्पगुच्छा दिए ।
मिनेन्द्रले ताने सुशीलको कोट
त्यसलगत्तै तस्वीर खिच्न गएका पत्रकारले मोदी र उनको फोटो खिच्न चाहे, तर कोइरालाले पिठ्युँ क्यामेरातिर फर्काइदिए । मोदीले नै पत्रकारले फोटो खिच्न लागेको संकेत गरे तर, कोइरालाले कुरा बुझेनन् ।
minendraसँगै रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाले पछाडिबाट कोटमा समातेर तानेपछि मात्र कोइराला फिस्स हाँसेर क्यामेरातिर फर्किए । यो सबै हेरिरहेका मोदी पनि हाँसिरहेका थिए ।
त्यसलगत्तै मोदीको स्वागतका लागि अघि सरे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ । मोदीले नेम्वाङतिर र नेम्वाङले मोदीतिर हात लम्काए ।
तर बीचमा उभिए कोइराला र उनीहरुले हात मिलाउन पाएन । फेरि रिजाले ताने । अनिमात्र मोदी र नेम्वाङले हात मिलाउन पाए ।
कोइरालाको यस्तो गतिविधि कैद गरेका भारतीय टिभी च्यानलहरुले पटकपटक उक्त दृश्य आफ्नो स्क्रिनमा देखाइरहेका छन् ।

 मोदीले हात उठाए सुशील चुपचाप उभिए
कुरा त्यतिमा मात्र सीमित रहेन । मोदीको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दियो । त्यस क्रममा पहिला भारतीय र पछि नेपालको 2राष्ट्रिय धुन बजाइएको थियो ।
मोदीले दुवै धुन बजाइएका बेला दाहिने हात उठाएर सलामी ग्रहण गरेका थिए । तर कोइराला चुपचाप मोदीको छेउमा उभिरहे । सलामी ग्रहण गरेनन् ।

Saturday, August 2, 2014

सुनकोशी पहिरो संयुक्त विवरण


पहिरोमा ८ जनाको शव फेला, १६ जनाको जिवितै उद्धार, तीन सय बढी बेपत्ता (१२:३० अपडेट) 
भोटेकोशीमाथि पहिरो झर्नेक्रम जारी छ। हालसम्म पहिरोमा पुरिएका ८ जनाको शव फेला परेको छ। १६ जनालाई भने जिवितै उद्धार गरी विभिन्न अस्पताल पठाईएको  छ।प्रहरी र स्थानीयका अनुसार कम्तिमा डेढ सय घर पुरिएको छ भने तीन सय जना हराइरहेका छन्। मृतक कसैको सनाखत नभएको प्रहरीले जनाएको छ।

Landslide at Bhotekoshi-3
Landslide at Bhotekoshi-4
Landslide at Bhotekoshi-5
Landslide at Bhotekoshi-6
Landslide at Bhotekoshi-7

भोटेकोशी माथितिरै फर्किँदै, ३ सय मानिस पहिरोभित्र परेको आशंका (अपडेट ११:००)
भोटेकोशीमाथि पहिरो झर्नेक्रम जारी रहेको छ। 'पहाड नै झरेर खोलामाथि पहाड बनेको छ।अहिले भोटेकोशी माथितिरै बग्न थालेको छ। भोटेकोशी बाह्रविसेतिरै फर्किन थालेको छ।' उनका अनुसार दुई किलोमिटरमाथिदेखि झर्दै आएको पहिरोले थुनिएको पानी तत्काल फुट्ने स्थिति देखिएको छैन। यदि आकस्मिकरुपमा पानी फुट्यो भने बाह्रविसेदेखि बन्देउसम्म राजमार्ग, बस्ती, दुई जलविद्युत आयोजना सखाप हुने निश्चित छ।
Landslide at Bhotekoshi
भोटेकोशी नदीले प्रभावित पार्ने नेपालका सबै ठाउँलाई संकटग्रस्त घोषणा गर्न सिफारिस (अपडेट ९:३०)

गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्दार समितिको आपतकालीन बैठकले भोटेकोशी नदी थुन्ने पहिरोदेखि तलतिर रहेका क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न सरकारलाई सुझाव दिएको छ। आज बिहान बसेको समितिको बैठकले नदी थुनिएको स्थानदेखि तल रहेका नदीसँग जोडिएका नेपाल सीमासम्मकै क्षेत्रलाई संकटग्रस्त घोषणा गर्नुपर्ने निर्णय गरेको गृह प्रवक्ता लक्ष्मीप्रसादले जानकारी दिए।
उनका अनुसार राम्चेको पहिरोले भोटेकोशीलाई थुन्दा ३ किमी लामो, ३० मिटर चौडा र ९० मिटर गहिरो ताल बनिसकेको छ। बैठकले यसलाई जसरी पनि फुटाउने र नियमित बहाब बनाउन प्रयास गर्नेुपर्ने निर्णय गरेको छ। तत्काल प्राकृतिकरुपमा पानीको बहाब हुन सकेन भने त्यसले ठूलो क्षति पुर्‍याउने भन्दै संकटग्रस्त घोषणा गर्न सुझाव दिएको हो। वैठकले भोटेकोशी नदीले छुने सबै जिल्लाका दैवी प्रकोप उद्दार समितिलाई सक्रिय भएर नदीछेउका बस्तीबाट मानिसलाई बाहिर निकाल्न आग्रह गरेको छ।

पहिरोले सिंगै वडा बगायो(अपडेट ६:३०)
सिन्धुपाल्चोकको बाह्रबिसेसँग जोडिएका राम्चे र माङ्का गाविसको ठाउँ-ठाउँबाट आएको पहिरोले अरनिको राजमार्गस्थित ड्याम साइड बजारका एक विद्यालयसहित २६ घर बगाएको छ। पहिरो खसेर भोटेकोशी नदी पूर्ण रुपमा थुनिएको छ।
घटनास्थलबाट डिएसपी भरत बोहोराले दिएको जानकारीअनुसार गाउँलेहरुलाई सुरक्षितस्थानतर्फ जान आग्रह गरिएको छ। अहिलेसम्म मानवीय क्षतिको बारेमा जानकारी आउन नसकेको छैन।

माङ्का गाविसको एउटा वडानै बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्सपेक्टर जयश्वर रिमालले जानकारी दिएका छन्। अहिले खोला अरनिको राजमार्गसम्म आइसकेको छ। सेनाको हेलिकप्टर घटनास्थलमा आउँदै गरेको बताएपनि  बाक्लो कुहिरोका कारण आउन नसकेको बताइएको छ।

ढिस्को खसेर भोटेकोशी नदी थुनिएपछि गाउँलेको भागाभाग (अपडेट ६:३०)
 घटनाको जनकारीपछि प्रहरीले नदी आसपासका बासिन्दालाई सतर्क गराएको छ। प्रहरीको चेतावनीपछि बाह्रबिसे, लामोसाँघु, खाडिचौर, सुकुटेलगायत करिब २० कलोमिटर आसपासका बासिन्दाको भागदौड मच्चिएको छ। ज्यान जोगाउन उनीहरु रुवाबासी गर्दै डाँडाँकाँडा चढिरहेका छन्।
प्रहरीले घटनास्थल जुरेका केही घरसमेत बगेको अनुमान गरेको छ। रातिको समय भएकाले घटनासम्बन्धी विस्तृत विवरण थाहा पाउन नसकेको इन्सेपेक्टर रिमालले बताए। त्यस आसपासका पर्यटकलाई भने सुरक्षित स्थानतर्फ लगिएको उनले बताए।
आवश्यक उद्दारका लागि सुरक्षाकर्मीसमेत जानसक्ने अवस्था नभएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट आएको डीएसपी भरत बोहोराको टोली बीचमै रोकिएको छ।
भोटेकोशी र सुनकोशी नदी मिसिसकेपछि नदी थुनिएको हो। रिमालका अनुसार पानी जमेर करिब एक किलोमिटर माथि अरनीको राजमार्गसम्म आइपुगेको छ। सीमा प्रहरी सुरक्षा कार्यालयका एसपी लक्ष्मणबहादुर सिंहले सुरक्षाकर्मीकै भागदौड मच्चिएको बताए। उनका अनुसार अहिलेसम्म ४० घर बगिसकेको छ। ढिस्को खस्नेक्रम जारी रहेका सानिमा हाइड्रो पावर प्रत्यक्ष जोखिममा परेको छ।
उनका अनुसार आकास्मिक उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारीमा छन्। 'मानवीय क्षतिको जानकारी थाहा छैन। भौतिक सम्पत्ति जोगाउनसक्ने स्थिति पनि छैन,' उनले भने, 'मान्छेलाई भने सुरक्षित स्थानतर्फ भगाइक्षसकेका छौं।'

यो क्षेत्रमा अविरल वर्षा भएको थियो।

Friday, August 1, 2014

साउन २४ गते २० औ बिश्वआदिवासी दिवस मनाउदै महासंघ


आदिवासी जनजाति महासंघले २० औं विश्व आदिवासी दिवसको तयारी पूरा गरेको जनाएको छ । हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । यो दिवस साउन २४ गते परेको छ । संयुक्त राष्ट्र संघले यो वर्ष 'समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्वयन गर' नारा तय गरेको छ । नेपालमा भने आन्दोलनकै रुपमा दिवस मनाइने राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जनाए ।

'हामी समानताको अभियानमा छौं,' महासंघका अध्यक्ष नगेन्द्र कुमालले भने, 'संविधानसभामा बन्दै गरेको संविधानले सबैले सम्बोधन गर्न सक्नुपर्छ । यही सारलाई लिएर हामी देशभरि विश्व आदिवासी दिवस मनाउँदै छौं । कुनै समुदायको अधिकार खोस्न होइन अधिकार पाउने अभियान हो ।'

महासंघले 'आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीय संविधान' नारासहित साताव्यापी कार्यक्रमको घोषणा गरेको छ । चरणवद्ध कार्यक्रमअनुसार परम्परागत खानपिन महोत्सव, खेल छेलो, तारो हान्ने, फुलटबल, सांस्कृतिक र्‍याली र झाँकी प्रदर्शन गरिने छ । त्यसैगरी नयाँ संविधानमा पहिचान र संघीयता, राज्य पुनःसंरचना, संघीय समावेशी शिक्षा, आदिवासी जनजाति महिलाहरुको हक अधिकारलगायतका विषयमा विचार गोष्ठीहरू हुनेछन् ।

'विभिन्न कार्यक्रममार्फत नयाँ संविधानमा सबैखाले अधिकार, सवाल तथा मुद्दाहरुलाई मुखरित गर्न महत्वपूर्ण निर्वाह गर्न सबै तह तप्का, निकायले भुमिका निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौं,' विज्ञप्तिमा छ । त्यसैगरी हरेक जिल्लामा महासंघ समन्वय परिषद, नगर तथा गाउँ समन्वय परिषद् र विदेश च्याप्टरले समेत दिवस मनाउने महासंघले जनाएको छ । महासंघमा सूचिकृत ५९ मध्ये ५६ वटा जातीय संस्थाहरु सदस्य छन् । त्यसैगरी सूचि उन्मुख अन्य संगठनहरुसमेत सक्रिय छन् ।