Tuesday, August 5, 2014

माघ ७ गते भन्दा अघिनै लिम्बुवान घोषणा भन्दै बिजयपुरको कसम खाए एकीकृत लिम्बुवानले


भेडेटारबाट जन्मियो नयाँ लिम्बुवान पार्टी :

●माघ ७ गतेनै लिम्बुवान घोषणा गराउने

पूर्वी नेपालमा सक्रिय पाँचवटा लिम्बुजन्य संगठनवीच एकता भई ‘संघीय लिम्बुवान पार्टी नेपाल’ गठन गरिएको छ । धनकुटाको भेडेटारमा दुईदिनसम्म चलेको आवासीय वार्तापछि नयाँ पार्टी गठन भएको छ।

नयाँ पार्टीमा कुमार लिङदेनले नेतृत्व गरेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद , सञ्जुहाङ पालुङवाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषद, वीर नेम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा, रामभक्त कुरुम्वाङले नेतृत्व गरेको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कमल छाराहाङले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी एकै ठाउँमा मिसिएका छन् ।

एकीकृत पार्टीको अध्यक्ष कुमार लिङदेन बनेका छन् । वीर नेम्वाङलाई सर्वमान्य नेता घोषणा गरिएको छ भने सञ्जुहाङ पालुङवालाई बरिष्ठ नेता बनाइएको छ । महासचिवमा सूर्य माखिमको नाममा सहमति गरिएको छ । छाराहाङ र कुरुम्बाङ बरिष्ठ केन्द्रीय सदस्य बन्ने भएका छन् ।

बिभिन्न कालखण्डमा बिभिन्न प्रक्रियाबाट बिभाजित भएका लिम्बुवानजन्य संगठन पुनः एकीकरणका लागि आइतबार र सोमबार धनकुटाको पर्यटकीय गाउँ भडेटारमा आवासीयरुपमा छलफलमा जुटेका थिए । वार्ताको सहजकर्ताका रुपमा पत्रकार भवानी बराल , बुद्धिजीवी डा. चन्द्रकुमार शेर्मा, डा. कृष्ण भट्टचन, कमल तिगेला र मञ्जुल याक्थुङवा सहभागी थिए ।

 पाँच लिम्बुवानजन्य संगठनहरु एक भए पनि लोकतान्त्रिक दृष्टिकोण लिने कि साम्यवादी विश्वदृष्टिकोण लिने भन्ने बारेमा अझै मिलेको छैन ।
तर, एक वर्षभित्र महाधिवेशन गरेर अस्पष्टताहरु समाधान गर्ने सहमति भएकाले यसलाई सकारात्मक कदम मान्नुपर्ने सहजकर्ता तथा पत्रकार भवानी  बराल बताउछन।

माघ ७ गतेनै लिम्बुवान घोषणा

सरकारले माघ सात गते संबिधान जारी गरेर छाड़ने उदघोष गरेपछि निक्कै तात्तिएका लिम्बुवानजन्य संगठनहरुले बृहत एकता हुने बित्तिकै चुनौती स्वरुप माघ ७ गते भित्रनै लिम्बुवान घोषणा गराउने गरिको आन्दोलनको आधिवेरी सिर्जना गर्नेमा एकजुट भएका छन। हामी कसैलाई हराउन एकजुट भएका होईनौ,आफ्नो स्वायत्त अधिकार प्राप्तिका लागी एकजुट भएका हौ एकता वार्तामा उपस्तिथ एक नेताले बताए ।

विजयपुरको माटो छुवाएर कसम खुवाइयो

पार्टी एकतापछि लिम्बु संस्कृतिविद् डा. भन्द्र कुमार शेर्माले तामाको मानामा विजयपुरको माटो छुवाएर नेताहरुलाई सपथ खुवाएका थिए । धरानमा रहेको विजयपुर डाडाँको माटो १४ भेडेटारमा लगिएको थियो । माटो छुने नेताहरुलाई शेमाएले लिम्बु मन्त्रोच्चारण गरेका थिए ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व विजयपुरमा १८२६ सम्म सेन बंशको उपनिवेश थियो।  आपुङ्गी राजाको भग्नावशेष रहेको विजयपुरमा बुढा सुब्बाको मन्दिरसमेत छ, १८२६ देखि १८३१ सम्म सेन बंसलाई परास्त गरी सासन गरेका बुद्धिकर्ण रायको चिहान नै आजको बुढासुब्बा हो भन्ने किमदन्ति कथामा पाईन्छ । लिम्बुहरुले विजयपुरलाई ऐतिहासिक एवं सांस्कृतिक महत्वको स्थल मान्ने गरेकाले त्यहाँको माटो छुवाएर नेताहरुलाई कसम खुवाइएको स्रोतले  बतायो ।

No comments:

Post a Comment