दोहा कतार- अहिले एम.आर.पि. भर्नेको खूब चर्छा छ कतार नियोग अफिस अथवा कतारको लागी नेपाल एमबीसीमा पछिल्लो पटक एम् आर पि फारम मात्र होईन। तिनै मजदुरको पैसाबाट केहि कर्मचारिहरुको पेट पनि भरिन थालेको छ।कतारमा रहेकी राजदूत माया कुमारी शर्मालाई अमर्यादित अबिबेक्ति दिएको भन्दै नेपाल सरकारले फिर्ती बोलाए पछि झण्डै वर्ष दिन देखि कतार दुतुवास राजदुत बिहीन छ। राजदूत नभएको कतार दुतुवास र रानो नभएको मौरी एकै भएका छन। दुतुवासको किचन घर देखि लेटिन सम्म अब्यवास्थित छ। अलपत्रमा परेर दुतुवासमा शरण लिन आईपुगेका महिलाहरु सबै भन्दा अब्यावेस्तिथ बन्छिन। करीब दुई महीना पहिला २ महिलाहरु घरेलु हिन्शामा परेर शरणको लागी दुतुवास आईपुगेका थिए।उनैको भनाईमा सत्य छ भने " नियोगमा रहेका कर्मचारीको खाना पकाउनु देखि वर्तन धूनु सम्म त्यहा आउने महिलाले गर्नु पर्छ।" अझ भाबुक भन्दै थप्छिन " दिनमा तेस्तै हो घाम ढल्किए पछि सानाकर्मचारिहरुबाट अझ धेरै त्रास हुन्छ अथवा दूरव्यवार गर्न खोजिन्छ।" उनिहरुको भनाईमा महिला न पुरुष कसैलाई पनि सुत्ने कोठा छैन। महिलाहरुलाई किचनमा सुताईन्छ पुरुषहरु जता भेट्छन उतै सुत्छन।नियोगका कर्मचारिहरुबाट्नै दुर्व्याबार हुनखोज्छ भन्ने सुनेपछि पारो तात्तिएको थियो तर बहिनिहरुले नै बाहिर केहि नाबोलिदीन आग्रह गरेका थीए प्रतक्ष संमन्वय गर्नु भएका एक मित्र बताउनु हुन्छ।यो सत्य हो भने निक्की लामो प्रश्न चिन्न उठेकोछ नेपाली दुतुवास माथि। दुतुवासका कर्मचारीहरुबाट होच्याउने प्रवित्ति अक्शर छन। म स्वयं आफु पनी औसी पुर्णे दुतुवास पुग्ने गरेको छू अन्तिम पटक २५५८ औ बुद्ध जयन्ती मनाउन पुगे त्यों भन्दा एता गएको छूइन। दुतुवासमा दूई टोईलेट छन । एउटा बन्द भै सकेको छ चालु भएको एउटा पनि पानी आउदैन पानीका पाइप र धाराहरू झरेर भुईभरि छारिएको छन। झण्डै १५ दिन अघि एम्.आर.पिको लागी फाम भर्न गएका साथिलाई सोधीको थिए। टोईलेट्को हालत उस्तै छ अरे ! खाने पानीको कुलरको कुरा गर्ने हो भने हाम्रो पहाडमा चट्याङ्ग्ले लागेर हागा झरेको रुखको हालत भएर बसेको छ। यो सब वर्तमान नियोग कार्यवाहक अध्यक्ष गणेश ढकाल ज्यूलाई सुनाउने दुससाहस गरेपनि उहालाई भेट्न सकिरहेको छुईन। तर
यो कुरा सबै पत्रकार,बुद्धिजिविहरुलाई थाहा छ। तर लेख्ने हिम्मत राख्दैन्न,बोल्ने साहस गर्दैन्न। आशा छ यसले कमसेकम ध्यान आकर्षण सम्म गराउने छ।
अन्तमा एम.आर.पिबारे नारयण अधिकारिले पोख्नु भएको बेदना जस्ताको तेस्तै राखी दिएको छू।
मैले कतार स्थित नेपालि दुताबासमा जे भोगेँ
– जानेरपनि फाराम भर्न सक्दिनँ भने पढ्नुको के अर्थ?
नारन अधिकारी
मेरो नाम नारन अधिकारी हो।कतारको लुलु हाइपर मार्केटमा काम गर्छु।धेरै नपढेपनि अनपढ चाहीँ हैन। सुन्छु,बुझ्छु,पढ्छु र लेख्छु पनि। नेपाली, अङ्रेजी र अलि अलि अरबी भाषा। टेक्नोलोजीको माध्यमले बिश्व सानो सानो बन्दै गईरहेको बेलामा मपनि इन्टरनेटको सामान्य तर आफूलाई चाहिने जति ज्ञान राख्दछु। तर अहिले मलाई के अनुभव भइरहेको छ भने मैले आजसम्म पढेको बेकार रहेछ। मैले जानेको इन्टरनेटले मलाई काम नदिएपछि मैले इन्टरनेट सिकेको पनि झन बेकार रहेछ। किनकी म मेरो काम आँफै गर्न सक्दिन। जान्दिन हैन, जानेर पनि सक्दिन भने पढ्नु को के अर्थ? प्रसँग, एम आर पी पासपोर्ट बनाउन नेपाल एम्बेस्सी जाँदाको हो।एमआरपी पासपोर्ट बनाउनको लागि म गत साता नेपाल एम्बेस्सी गएको थिएँ।जानु भन्दा पहिले मैले नेपाल एम्बेस्सीको वेबसाइट पढेँ, जहाँ एमआरपी को फारम कसरी भर्ने भनेर लेखिएको छ। मैले त्यसै त्यसै गरे। मैले मेरो कम्प्युटरमा बसेर मेरो आफ्नो फारम भरें। बाउको नाम,ठेगाना, जन्ममिति,पुरानो पासपोर्टको विवरण जे जे उल्लेख गर्नु पर्ने हो सब लेखेँ। अनि भने जस्तैगरी प्रिन्ट पनि गरें। बेलुका स्टुडियोमा गएर फोटो खिचेँ। भने अनुसारको साइजको अनुहार ठूलो भएको बोर्डर नभएको फोटो बनाएँ।अनि भरेको फाराम ३-४ प्रति (हस्ताक्षरगरेको र नगरेको दुबै) र फोटो बोकेर नेपालको राजदुताबासमा हानिएँ। बिहान ५ बजे कोठाबाट हिँडेको छ बजेतिर दुताबास पुगेँ। सबै जना कहाँ कसो गर्ने भनेर खोज्दै थिएँ, मभने पढेको मान्छे, फारम र फोटो पनि हातमै छ भनेर भित्रभित्रै पुलकित थिएँ। सरासर काउन्टरमा गएँ। पैसा र फारम बुझाएँ। एक जना दाइ र बहिनीले सुरुमै सोधे - कहाँ भरेको फारम? मैले भनेँ- मैले आँफै। ए ल हुन्न। पेट्रोल पंप नजिकको साइभरमा जानुस अनि फोटो र फरम भराएर आउनु छिटो आउनुस नि फेरि बंद भैहाल्छ नि ।बहिनीलेभनिन्। मैले तपाईंहरुको वेबसाइटमा गएर भने बमोजिम नै कम्प्युटरमा भरेर ल्याएको हुँ।सबै जस्ताको त्यस्तै छ, फोटो पनि भने जतिकै साइजको छ।फोटोमा अनुहारको साइज भने जति र बोर्डर पनि नभएको छ, हुनुपर्ने हैन र ? मेरो भनाई के झरेको थियो, उनले भनिन्- तपाईंको फाराम म राखिदिन्छु तर पासपोर्ट भने आउँदैन। त्यसो भए म हातले लेख्छु नि हुन्न भनेर सोध्दा पनि हुन्न रे। अनलाइनबाट सिधै भर्ने अथवा बार कोडरिडिङ सिस्टम नभएसम्म हातले लेख्नु र कम्प्युटरमा टाइप गर्नुको भिन्नता मैलेचाँही देखेको छैन। उनले कसरी देखिन्, उनी नै जानुन्। अब हुन्न, पासपोर्ट नै आउँदैन भनेपछि म तातो घाम र गर्मिलाइ प्रभा नगरि तिस मिनेटको बाटो हस्याङ र फस्याङ गर्दै हानिए साइबर तिर । फारम भराएँ,फोटो पनि खिचाएँ। त्यति गरेबापत ४५ रियल शुल्क तिरेँ। भिडमभिड थियो।छिटो छिटो घाम घाम दुताबासमा फर्किए झन्डै आधा घण्टा लाग्यो। फाराम बुझाएँ, त्यस्तै साढे एघार बजेतिर। मलाइ तिन महिनाको डेट दिइयो र बोलाइयो ।अनि म पढ्नु र पढ्नको लागि मेरो अभिभावक ले गरेको लगानीलाई धिक्कार्दै आफू बसेको ठाउँमा फर्केँ।यातायातको असुविधा र ट्राफिक जामले गर्दा राति ११ बजे मात्रैकोठामा आइपुगेँ। साथीहरुले बनाएको खाना सेलाएर बसेको थियो।खाएँ र सुतेँ। मलाई पढेर पनि अनपढ हुनुमा धिक्कार थियो। पढिसकेपछि एउटा फाराम भर्न जान्दिनँ भने के पढ्नु र जस्तो लागिरह्यो। अहँ, हैन। एकजना मित्रसँग भलाकुसारी गर्ने मौका मिल्यो।मनको बह पोखेँ।उनको केही न केही हदसम्म एम्बेस्सीमा पहुँच छ। कुरो त यस्तो पो रहेछ- दुताबासमा दैनिक ५०० देखि १००० सम्म सेवाग्राही आउँछन् रे। शुक्रबारको दिन तदुई तीन हजार हुन्छन् रे। कहिले हो सात हजार पनि पुगे रे। ल १००० नै आए, र ती सबैले४५ रियल /- शुल्क तिरे भने दैनिक कति होला?मात्र ४५,०००/- । महिनामा कति हुने भो? १३,५००००/- । त्यहाँ काम गर्ने कामदारको मिलेमतो छ रे दुताबास कर्मचारी लाई ५०%पाउछन रे । भएन र मालामाल। यो त कम्तिमा पो रे!!केही छ हिसाब किताब? यो भ्रस्टाचार भित्र पर्दैन? कतार बाट टाढा नेपालमा रहेको अख्तियारलाई के थाहा?कोही छ बोल्ने? एनआरएन छ?पार्टीका संगठन छन्?जिल्लाका नाममा खुलेका समाज छन्?सब चाकरी मै रमाउने, को बोल्ने? सबैलाई यिनैभ्रस्टाचारी राजदुतको प्यारो हुनु छ। के मतलब?

तस्वीर -मीङसो |

No comments:
Post a Comment