Friday, June 27, 2014

अन्तरिक्षमा पाइयो पृथ्वी आकारको हिरा

अन्तरिक्षमा पाइयो पृथ्वी आकारको हिरा



 (एजेन्सी)– खगोलविदको एक दलले सम्भवतः सबैभन्दा चिसो र मन्द सेतो रङको ताराको पहिचान गरेका छन् । यो प्राचिन नक्षत्र अवशेष अत्यन्त चिसो भएका कारण यसको कार्बन यति गहन भयो कि यो अन्तरिक्षमा पृथ्वीको आकारको एक हिराजस्तो देखिने गरेको छ । यसको उमेर सम्भवतः आकाशको जति नै छ, अर्थात करिब ११ अर्ब वर्ष ।अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–मिलवौकीका प्रोफेसर डेविड कप्लानले यो निश्चित रुपमा निकै विलक्षण भएको बताए । यो निकै मन्द हुने भएका कारण यसलाई पहिचान गर्न निकै गाह्रो भएको समेत उनले जानकारी दिए ।कप्लान र उनका सहयोगीले यो ताराको पहिचान राष्ट्रिय रेडियो खगोलीय बेधशाला (एनआरएओ), ग्रीन बैंक दुरबिन (जीबीटी) र वेरी लन्ग बेसलाईन एरे जस्ता बेधशालाहरुको माध्यमबाट गरेका छन् ।सेतो वामन, ताराको अत्यन्त घना र अन्तिम रुप हो, जुन अन्ततः नष्ट हुने गर्दछ । धेरैजसो कार्बन र अक्सिजनबाट बनेको सेतो वामन तार बिस्तारै–बिस्तारै चिसो हुने गर्दछ र अनन्त कालसम्म अन्तरिक्षमा डुलिरहने गर्दछ । चेपल हिलस्थित युनिभर्सिटी अफ नर्थ क्यारोलिनका स्नातक छात्र र शोध दलका सदस्य बार्ट डनलपले अन्तिम छवि न्यूट्रन ताराको परिक्रमा गर्ने कुनै अन्य सेतो वामन ताराको तुलनामा एक हजार गुणा बढि धमिलो र कुुनै ज्ञात सेतो वामन ताराभन्दा १० गुणा बढि धमिलो हुनपर्ने तर यो कुरा नदेखिएको बताएका छन् ।उनी भन्छन् कि यदि कुनै सेतो वामन छ र निश्चित आकारमा छ भने त्यो एकदम चिसो हुनु जरुरी छ । गणना गर्दै शोधकर्ताहरु भन्छन् कि सेतो वामन २,७०० डिग्री सेल्सियसभन्दा चिसो हुदैँन । यो निष्कर्ष ‘एस्ट्रोफिजिकल’ पत्रिकामा प्रकाशित भएको छ । 

No comments:

Post a Comment