Friday, June 27, 2014

 किरात प्रवासी सास्कृतिक कला मन्दिरले परिचायत्मक तथा स्वागत कार्यक्रम सम्पन्न गर्यो|

डम्बर लिवाङ (तहल्कान्युज)

 किरात प्रवासी सास्कृतिक कला मन्दिरले परिचायत्मक तथा स्वागत कार्यक्रम सम्पन्न गर्यो|



२८ जुन,दोहा-बिगत लामो समय देखि प्रवास कतारमा रहेर पनि आफ्नो भाषा, लिपि, धर्म , सस्कृति बचाऊ अभियान कार्यमा टेWaa
 पुर्याउदै आइ रहेको "किरात राष्ट्रिय प्रवासी मंच" कतार अन्तरगतको  "किरात प्रवासी सास्कृतिक कला मन्दिर"ले इ.सम्बद २०११ देखिनै बैदेशिक रोजगारीको शिलशिलामा कतारमा कार्यरत कला प्रेमी नेपाली हरुलाई आफ्नै 'कला-केन्द्र' स्थापना गरि  गीत, संगीत, नृत्य एवं कार्यक्रम प्रस्तोता जस्ता तालिमहरु गराउदै आइ रहेको यस सस्थाले २७ जुन २०१४ का दिन औधोगिक क्षेत्र स्थित "माउन्टेन होटेल"को प्रागणमा औपचारिक कार्यक्रम गरि नव आगन्तुक कलाकाहरु सजना गुरुङ, कोपिला वनेम, रन्जना बस्नेत र समीता डाँगी लाइ भब्य स्वागत  तथा परिचायत्मक कार्यकम द्वारा स्वागत गरेकोछ

|राष्ट्रिय गीत द्वारा शुभारम्भ गरिएको कार्यक्रममा कि.प्र.रा.मंचका अध्यक्ष किराण लिङदेन ज्युको सभापत्तित्व रहेको थियो भने, प्रमुख अथितिमा  मंचका सल्लाकार अम्बर बहादुर साम्बा हुनु हुनुहुन्थ्यो | यसरीनै अथितीमा सास्कृतिक विभागका प्रमुख दिनेश लिम्बु र मंचका उपाध्यक्ष राकेस चाम्लिङ राइ हुनु हुन्थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मंचका अध्यक्ष लिङ्देनले सस्थामा नव आगन्तुक कलाकार तथा सदस्य हरुको आगमनले थप उर्जा मिलेको  र यसरीनै आफ्ना प्रतिभा, कला, सस्कृति बचाउनको लागि सम्पूर्ण नेपालीहरुका लागी मंचको ढोका साधा खुला रहेको भन्दै|नव आगन्तुक कलाकार/सदस्यहरुको आगमनले आगामी दिनमा मंचलाई अघि बढ्नको लागि सहज भएको भन्दै उहाले खुसि ब्यात्त गर्नु भयो भने, नव आगन्तुक कलाकार/सदस्य हरुले पनि उत्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासमा रहेर पनि आफु हरुले कलाकारिता क्षेत्रमा समाबेस हुने सुनौलो अवशर प्राप्त गर्न सफल भएकोमा खुसि व्यत्त गर्दै | यस कला मन्दिरको ढोका सम्म डोर्याएर ल्याउनु हुने सम्बन्धित ब्यात्तिहरुलाई धन्यबाद ब्यात्त गरi
 कर्म थलो कतारमा रहन्जेल जस्तो सुक्कै परिस्थितिहरु सामना गर्दै भए पनि सस्था प्रति यथासक्य योगदान रहने भन्दै आफ्ना बिचार हरु राखेका थिए|कार्यक्रम मंचका सचिब मनकुमार लिम्बुले सन्चाल गर्नु भएको थियो| 

No comments:

Post a Comment