Wednesday, June 18, 2014

"बुद्धको सन्देश बोक्ने सगरमाथाको छोरीलाई जिताऔ"

साबधान !
"तेरिया मगरलाई हराउने नियोजितषड्यन्त्रलाई चिर्दै सगरमाथाकी छोरीलाई जिताउ "

पूर्ण सुहाङ

ईण्डियन जी टि.भी बाट प्रसारण हुने डान्स ईन्डिया डान्स कार्यक्रममा प्रतेक वर्ष लाखौं प्रतिसपर्धिकोबिच बाट एक डान्स मस्टर चुनिन्छ। यो साल पनि त्यो कार्यक्रम भाईरहेको छ। तर यो वर्षको कार्यक्रम अन्य वर्षको भन्दा भिन्न हर्ष उल्साह सहित हुँदैछ त्यस्को कारण हो ! सगरमाथाकी (नेपाल) छोरी तेरिया मगर बुद्धको सन्देश लिएर १४ लाख प्रतिसपर्धिलाई उछिन्दै टप ५ मा पुगी फाईनल राउन्डमा छलाङ मारेकी छिन। त्यस्को श्रेय संसार भरिका नेपालीहरुलाई जान्छ र तेरिया मगरले पनि आजसम्मको सम्मको उपलब्धी संसार भरका नेपालीहरुको देन रहेको स्विकार्दै आएकीछिन। उनिको सफलता सँगै नेपाली मनहरु कता-कता हर्ष उत्साह र गौरबले भरिएको छ।

गत महिनामा त्रिभुवन बिमानस्थल ओर्लिएकी तेरियाले भनिन "एउटा खुशी लिएर आएकी छु। अब भोट् दिनुहोला जितको खुशी लिएर आउनेछु"। साच्चैनै तेरिया जितको नजिक पुगेकीछिन।

आफ्नो गुरुलाई मायाको चिनोमा बुद्धको मुर्ती प्रदान गर्दै

 तेरिया मगर ले बुद्धको सन्देश गुरु ओमकारको हातमा थमाइ दिएर संसारलाई
चकित पारेकी छिन अब बाँकी सगरमाथाकी छोरी भनेर चिनाउनु छ। तर त्यो उनी एक्लै संभब छैन तपाईंको साथ सहयोग र भोट अनिवार्य चाहिन्छ। त्यो पनि मात्र तीन दिन बाँकी छ। शनिबार अथवा २० जुनको मध्य रातमा यस्को निर्णय हुनेछ। यहाँ प्रश्न तेरियाको जितको मात्र होइन नेपालीको प्रतिष्ठा र गौरब सँग जोडीएको छ। तर यो कुरालाई मनन नगरि केही नेपाली थोपडा बोकेका कलङ्कहरु तेरियालाई हराउन "भोट गर्ने तरिका परिवर्तन भएको (121 space Tm
कमेन्टमा लेखे पुग्छ) भनी गलत प्रचारवाजी गरी तेरियालाई हराउने नियोजित षड्यन्त्रमा लागेका छन।


यीनिहरु को हुन र कस्को सेवाको लागि यसो गरे त्यो त हामी खोज्नेनै छौ। तर अहिलेलाई भने तेरियालाई माया र नेपालीको प्रतिष्ठामा गौरब गर्नुहुने तपाईंहामी सबै-सबैले बुद्धको सन्देश बोकी हिंड्ने सगरमाथाकी छोरी र नेपालकी रानी ११ वर्षिय तेरियालाई उही पुरानै http://www.zeetv.com/did-lil-masters/contestants/teriya-magar/click

मा भोट् गरी। तेरिया मगरलाई अत्याधिक मतले जिताउ ।




तेरियाको जित नेपालको शान
नेपालको शान हाम्रो पहिचान।


No comments:

Post a Comment